१ कार्तिक २०८३, आइतबार

कंगनालाई पछार्दै यी अभिनेत्री बन्दैछिन् बलिउडकी सबैभन्दा महंगो कलाकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deepika-padukon

मुम्बई । अहिलेसम्म बलिउडकी सबैभन्दा महंगी अभिनेत्री थिइन् कंगना रनावट । जो एकै फिल्मबाट १० देखि ११ करोड रुपैयाँ पारिश्रमिक लिन्थिन् ।

तर, अब उनको रेकर्ड र स्टारडमलाई टक्कर दिएकी छन सुन्दर अभिनेत्री दीपिका पादुकोणले । सञ्जय लीला भन्सालीको फिल्म पद्मवतीमा दीपिकाले मुख्य भुमिका निभाउँदैछिन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनले यो फिल्मबाट १२ करोड रुपैयाँ पारिश्रमिक लिने सम्झौता गरेकी छन् ।

यो सँगै कंगनालाई पछार्दै हालै हलिउड फिल्म समेत खेलेर फर्किएकी दीपिका बलिउडकै सबैभन्दा महंगी कलाकार बनेकी छन् । फिल्ममा उनीसँग रणवीर सिंहले पनि अभिनय गर्नेछन् ।