मुम्बई । बलिउडका बादशाह शाहरुख खान अब भिलेन अर्थात खलनायक बन्ने भएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार ब्लकबस्टर फिल्म ‘धूम’को चौथो सिक्वेलमा शाहरुख भिलेन बन्न लागेका हुन् । यसअघि सलमानले फिल्ममा भिलेन बन्न अस्वीकार गरेका थिए ।
यो फिल्ममा भिलेन बनेवाफत शाहरुखले महंगो पारिश्रमिक लिने बताइएको छ । फिल्म ‘धूम ४’मा अभिनेता रणवीर सिंह पुलिस जय दीक्षितको भुमिकामा देखिनेछन् । फिल्ममा उदय चोपडाले पनि अभिनय गर्ने बताइएको छ ।
शाहरुख भिलेन बन्ने खबरले बलिउडमा खैलाबैला मच्चिएको छ ।
















प्रतिक्रिया