१९ कार्तिक २०८३, बिहिबार

राजधानीका मात्रै नेवार हुन् ? अरु होइनन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

anarkali-miya1काठमाडौं, ५ भदौ । एमाले सांसद अनार कली मियाले गाइजात्राबा अबसरमा सबै नेवार समुदायलाई बिदा दिइनुपर्ने माग गर्नुभएको छ ।

संसदको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद मियाँले राजधानीका मात्रै नेवारलाई सार्वजनिक बिदाले बिभेद गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेवार समुदाय राजधानीमा मात्रै बस्दैनन् । नेवारहरू दाङ, सल्यानलगायतका मुलुकका विभिन्न स्थानमा बसोबास गर्छन् । उनीहरूलाई पनि बिदा दिइनु पर्छ ।’

बाँके जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरूले राप्ती नदीको कटानबाट भएको समस्याप्रति सरकारको ध्यान जानुपर्ने माग गरे । उनीहरूले बाँके जिल्लाको दक्षिणीतिर नदी कटान र डुबान भएको भन्दै त्यस क्षेत्रका जनताको सुरक्षाकालागि ध्यान दिन माग गर्नुभयो ।

संसदमा धारणा राख्न अन्य सांसदहरूले देशभरि बाढी पहिरोका कारण सर्वसाधारण जनताले खुला आकासमा जीवन विताउनु पर्ने बाध्यता रहेको भन्दै तत्काल राहत र उद्धार उपलब्ध गराउन माग गरे । प्यूठान जिल्लामा पनि बाढी पहिरोले जिल्लाका सर्वसाधारणको जनजीवन कष्टकर बनेको भन्दै तत्काल आवश्यक सहयोग उपलब्ध गराउन माग गरे ।