सम्माननीय प्रधानमन्त्री
प्रधानमन्त्रीको कार्यालय
सिंहदरवार काठमान्डौ
नेपाल।
घटना असार छ गते बिहान ५बजे र ३० मिनट जादा यहाँको आत्मघाती दस्ताको आक्रमणमा परी १५जना नेपालीको ज्यान गयो। यो देश अफ्गानिस्तान लडाईंको मैदान बनाउने विश्वसाम्राज्यवादी शक्ती केन्द्रको कारण कहिलै शान्त भएन। यो देशमा सन १९८०देखी अहिले सम्म निरन्तर संघर्स छ युद्द छ। यो कुरा कसै बाट लुकेको होइन। मैले यो देशमा काम गर्न थालेकै १३बर्ष पुरा भये छ। यहाँको लडाईं को कुनै लक्ष छैन। र अन्त्य हुने पनि कुनै संकेत कही नजर आउँदैन।
मैले यहाँ राख्न खोजेको के मात्रै हो भने तपाईंको निर्णय बमोजिम यहाँ आउने र यहाँ भएका नेपालीहरुको लागि श्रम स्विक्रिती बन्द गर्नु भएको र अनुगमन तोली को रिपोर्ट सम्म राम्रो सँग अध्ययन नै नगरि यहाँ काम गर्दै गरेका हजारौ हजार नेपालीको लागि अपमान गर्नु भयो त्यो ठीक भएन। सरकारले भर्खरै नेपालीलाई लुट्ने प्रब्रिती बनाएको हो सन २००३देखी यो देशमा हजारौ नेपाली यत्तिकै आउने जाने गरेकै हुन यहाँ बाट पठाएको पैसाले देश चलाऊने हरु रमाएकै हुन।
श्रम लगाएर बिदेश जाने नियम कुनै देशमा छैन यो राज्यले नागरिक बाट जबर्जस्ती उठाएको पैसामा तपाईंहरु जस्ता तपाईं भन्दा पहिलेका सत्ता प्रमुख हरुले मोजमस्तिमै नऊडायेको भये आज नेपाल यत्ती परनिर्भर् हुने नै थिएन। ५२साल फागुन १गते बाट तपाईंको नेत्रित्वमा देश भित्र गृहयुद्द सुरु भयो। युद्दमा जान नचाहने युवा बढी बिदेश पलायन भएको ५२साल पछी हो। त्यो भन्दा पहिले बिदेशको नाममा भारत तिर बढी युवा सपरिवार जान्थे। देश युद्दको भुमरिमा फस्यो युवा शक्ती कोही युद्दमा होमिये कोही बिदेश लागे। गाउमा बसी नसक्नु भयो निर्दोश लाई मार्ने काम तपाईं हरु दुबै बाट नभएको होइन।
तपाईंहरु दुबै भनेको कारण हिजो तपाईं बिद्रोही को सर्बोच्च कमान्ड र आज देशको सर्बोच्च कमान्ड हुनु हुन्छ। यो कारण हामीले कहिलै कल्पनै गरेका थियनौ यस्तो ठाउँमा आएर जिविको पार्जन गर्छौ भनेर। तपाईं लाई थाहा छ कम्रेड जब मैले पहिलो पाइला यो भुमिमा टेके म धुरु धुरु रोए, कहाको “हाम्रो हरियाली बनपाखा न्याउलिको मिठो भाका” कहाको मरुभुमी कतै रुख छैन मुटु छिचोल्ने जाडो पातलो एउटा कमिज लगाएको लुरे म थुर्थुर काप्दै बिमान स्थल बाट बाहिर आए हजारौ जहाजका अबशेश एत्रतत्र छरियर रहेका थिए बाटो घाटो केही थियन। आफ्नो देश छोड्नुको पिडा कती हुन्छ तपाईं जस्तो ब्यक्तिलाई के थाहा? हामीलाई त्यो समय तपाईं हरुले नै देश छोड्न वाध्य पार्नु भयो। सेनाले सताउछ तपाईंहरुले पनि सताउनु हुन्छ।
खाना बस्न नदिउ तपाईंको आदेश श्रसिविर तिर जानु पर्ने खाना बस्न दिनु सेनाले माओवादी भन्दै भकुर्ने। मैले सानो पसल खोलेको थिए चाउमिन समोसा बनाउथे सेवक होटेल नाम थियो दाङ घोराहिको निमाहल रोडमा २छोरा श्रीमती मैले दु:ख सुख गरेर पालेकै थिए घर भाडा तिरेर ठिकै बच्थ्यो। तर २०५८साल मंसिर को ८गते राती तपाईंहरुले ठुलो गल्ती गर्नु भयो सबै बैंक लुट्नु भयो। त्यो लुटेको पैसा कहाँ गयो कम्रेड? कुन लक्ष पुरा भयो त्यो गरीबका पैसाले? त्यो बैंक मा राखेका त इमान्दार सोझासिधा जनताले हो बैमानले त बैंक मा पैसै राख्दैनन। अर्को दिन बिहान देखी दिन मै कर्फ्यु लाग्न थाल्यो। पसल बन्द गर्नै पर्ने बाध्यता भयो। भाढा तिर्न पनि नसक्ने अवस्था खेती किशानि गरौ गरीबको छोरो घर भन्दा एक धुर जग्गा छैन। के गर्ने?बालबच्चा भोकै मर्न दिन सकिएन।
तपाईंहरु भन्दै हुनु हुन्थ्यो हाम्रो क्रान्तिमा लागौ तर मैले तपाईंको क्रान्तिको प्रारुप बुझ्दै गर्दा यो केवल उग्रताको बाटो मात्रै देखे जनयुद्द जनताको लागि आमुल परिवर्तनको लागि लदिने युद्द हो भनेर हामीले लिएका मार्क्सवादी कलास हुन। तपाईंहरु उग्रबाम्पन्थी दिशा हुँदै दक्षिणपन्थी अवसर्वादमा जादै हुनु हुन्थ्यो। हामीले नचाहदा नचाहदै पनि देश छोड्न वाध्य भयौ। तेस पछी यो देशमा काम गर्न सुरु भयो हिजो ध्वोस्त भएको देश आज बिकासको काम रोकिएको छैन। लडाईं छ तर समयको गती संगै बिकास हुँदै छ। तर हाम्रो देश शान्त छ तर उही छल पकट जालझेल उही अशिक्षा बेरोजगारी भोकमरी उही पराधिन उही सामन्ती संस्कार। कृषि पेशामा अाधारित देश र जनता मल ब्यु औषधी नपाएर सिचाइको ब्यबस्था नभएरै जमिन बाझै राख्न वाध्य छन।
हामी झनै परनिर्भर् बन्दै गएका छौ। कुनै उध्योग खोलौ बिजुली हुँदैन। यसको प्रमुख कारण हो तपाईंहरु जस्ता गन्ने मान्ने ब्यक्तिको भय त्रास। हजुर हरुको स्वर्गै गुम्ने डर नै हाम्रो देशको आमुलपरिवर्तनको बाधक हो। जब सम्म क्रान्तिको मर्म देशको कर्मचारीतन्त्र पुरै बदलिदैन तब सम्म अझै एक सय बर्ष नेपालमा बिकास हुनै सक्दैन। हरेक निकायमा राणा देखी साणा सम्म उनै लुटेरा बसेका छन बाजे गये नाती आए। तेसैले नेपाली युवाको हरेक दिन लास काठको बाकसमा बन्द भएर आउछ, कुन देश सुरक्षित छ कम्रेड? आज भन्दा दुई महिना पहिले १५जना नेपाली अफ्गानिस्तानमा मरे तर हरेक दिन ५जनाको लास त्रिभुवन बिमान स्थलमा आउछ त्यो कुन कुन देश बाट आएको हो हजुर लाई जानकारी छ? यहाँ भएका हजारौ ब्यक्ती श्रम नलागेर छुट्टी जान पाएका छैनन।
तिनिहरुले कमाएर पठाउने त तेही आफ्नै देशमा होला नि? उनिहरुले नोकरी छोडेर घर आउँदैमा तपाईंहरुको कृपा हामी माथि हुने ग्यारेन्टि छ त कम्रेड? यहाँ भएका ८७१४जना श्रम लगाएरै आएका ब्यक्ती बाहेक १५हजारको हाराहारिमा काम गर्छन् उनिहरु लाई सम्म मिलाउदा २३हजार नेपालीले यो देशमा काम गर्छन्। अब भन्नुस जो मर्ने मरे बचेँका लाई सहज् बनाउने हो कि अझै दु:ख दिने? अनुगमन टोली आयो सुरक्षा चेक जाच गर्यो गयो राज्यको जनताले तिरेको पैसामा आएर तयार पारेको रिपोर्ट अनुसार शुरक्षित काम गरेका ब्यक्ती कम्पनी बैदेशिक नियोगमा काम गर्ने र बस्ने ठाउँ संगै भएका लाई श्रम स्विक्रिती दिने भनेर अनुगमन टोली गयो तर हामीले श्रम नपाउने भयौ किन कि तपाईंले जान नदिने भनेर हस्तक्षेप गर्नु भयो।
किन? यहाँ बाट फर्केर आए नेपालमा जग्गा जमिन नभएका म जस्ता हजारौ ब्यक्तिलाई जागिरको ब्यबस्था हुन्छ? धेरै पनि चाहिदैन महिनामा ३०जहार मात्रैको जागिर पाये म र मजस्ता कोही पनि बिदेश जादैनन। के नेपाल सरकारले यो काम गर्न सक्ला? यदी नसक्ने भये श्रम दिनु पर्यो। सुरक्षित ठाउँमा महिनामा ५लाख तलब बुझेर नेपाल पठाउने ब्यक्ती हरुलाई रोक्नु भएन। नत्र तपाईंको टाउकोमा नराम्रो दाग लाग्ने छ असफल राष्ट्र बनाउन भूमिका खेलेको। बिहान मात्रै रेडियो सुन्दै थिए।
देशको अर्थतन्त्र धानेको रेमिट्यान्स ह्वात्तै घट्यो। छ खर्ब बाट ५खर्ब मा झर्यो। यो बाट के बुझिन्छ भन्दा देश असफल राष्ट्रमा जादैछ। मलाई बिदेशमा बस्ने रहरले यसो भनेको छैन। देशले गती लिनको लागि युवालाई स्वदेशमै रोक्ने योजना उध्योग कलकारखाना कृषिको आधुनिकिकरण बैदेशिक लगानी स्वदेशी लागानी बढ्ने हो र हाम्रो जस्तो थोरै जनसंख्या भएको मुलुकमा बिकास गर्न चाहने हो भने समय धेरै लाग्दैन त्यो बातावरण बनाएर हामी सबैलाई आफ्नो ठाउँ मै मर्ने इक्षा छ। हामी फर्किन चाहन्छौ तर झन अन्यौल झन बेरोजारी गराउन को लागि श्रम रोक्नु भन्दा दिनु उपयुक्त हुन्छ। धन्यवाद
उही प्रदेशी
मेघराज नेपाली
एसियाली बिकास बैंक
काबुल आफ्गानिस्तान















प्रतिक्रिया