१ कार्तिक २०८३, शनिबार

ह्दयमा इमान्दारी, मस्तिष्कमा समझदारी र कांधमा जिम्मेवारी हुनपर्छः रेग्मी

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Photo by Dipika Shrestha (2)– अनुज थापा

न्युयोर्क । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले राजनीति जोडघटाउको संक्रमणमै अल्झिंदा देश कहालिलाग्दो रुपमा खोक्रिदै गएको जिकिर गरेका छन् । नेपाल अमेरिका पत्रकार संघ ( नेजा) ले न्युयोर्कमा शनिबार आयोजना गरेको सामुदायिक अन्र्तक्रिया कार्यक्रममा रेग्मीले
यस्तो धारणा व्यक्त गरेका हुन् ।

“ज्यान जोखिमा राखेर कामदारहरुले विदेशबाट पठाएको रेमिट्यान्सले उपभोक्तावादी अर्थव्यवस्थामा आयातबाट उठेको राजस्वले धेरै हदसम्म सरकारी खर्चलाई सघाउने स्थितीलाई गर्व गर्न सकिंदैन ,”– रेग्मीले भने ।

“ राजनीतिलाई परिवर्तित सन्दर्भमा सहि रेखामा हिंडाउन संविधान कार्यन्वयनको सवालमा देश र जनतालाई सर्वपरि राखी सबै राजनीतिक दलहरुले साझा धारणा बनाउन गम्भिरतापूर्वक सोच्न जरुरी छ । यसका लागि ह्दयमा इमान्दारी, मस्तिष्कमा समझदारी र कांधमा जिम्मेवारी भएमा मात्र पुरा हुन सक्ने बताएका छन् । ”

अमेरिकामा रहेका नेपाली पत्रकारहरुको छाता संगठनले आयोजना गरेको सामुदायिक कार्यक्रममा रेग्मीले विभिन्न पेशा, अध्ययन र अन्य सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरु माझ अन्र्तक्रिया गर्न पाएकोमा आफुलाई निकै खुशी लागेको अनुभव व्यक्त गरे ।

कार्यक्रममा गैरआवासिय नेपाली संघ, अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल र नेजाका क्षेत्रीय संयोजक विष्णुहरि घिमिरले देश जटिल अवस्थामा रहेको बेला निष्पक्ष, भयरहित वातावरणमा संविधानसभाको निर्वाचन सम्पन्न गरी देशलाई निकास दिएकोमा रेग्मीलाई धन्यवाद दिए ।

पूर्व अध्यक्ष रेग्मी अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघ भवनमा अगष्ट १७ देखि १९ तारिखसम्म आयोजित मानवता सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन गत साता न्युयोर्क आएका हुन्, जहां उनलाई अमेरिकाको वी केयर फर हुमानिटी (डब्लुसीएच)ले ‘एसियाज् डिग्नीटरी मेन अफ दी इयर’ सम्मान प्रदान गरेको थियो ।