-रमेश गिरी
भक्तपुर, ४ भदौ । मध्यपुरथिमिको बोडेमा मनाइने नीलबाराही नाच आज मध्यराति १२ बजेदेखि सुरु हुँदैछ ।
बोडेका नेवार समुदायले मनाउ“दै आएको यो नाच जिब्रो छेड्ने जात्रापछिको ठूलो नाच हो । पन्ध्र दिनअघिदेखि मूलघरमा सिकाइँदै आएको यो नाच राति, बिहान र दिउँसो टोलटोलका चोक चोकमा देखाउने गरिन्छ ।
गाईजात्राको भोलिपल्ट मध्यरातदेखि सुरु गरिने सो नाच चार दिनसम्म सञ्चालन हुने गर्छ । सो नाच बोडेको नारायणथान लाछीबाट सुरु भई लायकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, नीलबाराही स्थान हुँदै पुनः नारायणथानमा समापन गरिने परम्परा रहेको छ । प्रत्येक टोलको चोकमा धाँ बाजा, भुस्या, काँय र पाँगा बाजाको तालमा परम्परागत नीलबाराही देवीको नाच देखाउने गरिन्छ ।
देवगणमा भैरव एक, बाराही चार, कुमारी चार, सिंह चार, द्वारपाल दुई र गणेश चार गरी १९ जना देवगणको समूह रहेको हुन्छ । देवता १९ जना, गुरु छ जना, १९ जना देवताका सहयोगी, बाजा बजाउने नौजना गरी यो नाचमा १०० जनाभन्दा बढी व्यक्ति नाचमा क्रियाशील रहने गर्छन् ।
दैनिक १० देखि १४ घन्टासम्म परम्परागत नियममा बा“धिएर बोडेमा मनाइने नीलबाराही नाच कहिलेदेखि सुरु भएको भत्रेबारे यकिन नभएपनि भक्तपुरको नवदुर्गा नाचसँगै नीलबाराही नाच सुरु भएको हुनुपर्ने स्थानीयको भनाइ छ ।
नीलबाराही देवीले एकदिन मानिसका रूपमा बोडे सहर आएर स्थानिय धोँ जातका एक मानिसलाई नीलबाराही जङ्गलमा लगेर चार दिनसम्म कसैले नदेख्ने गरी राखेर नाचको सम्पूर्ण विधिविधान सिकाएर पठाएपछि यो नाच सुरु भएको किंवदन्ती एवम् जनविश्वास रहँदै आएको छ ।
नाच अवधिभर देवगणले खान नहुने, बस्न नहुने, बोल्न नहुने, घामपानीमा छाता ओड्न नहुने, दिसापिसाब गर्न नहुने र जुत्तासमेत लगाउन नहुने नियम छ – गुठी नाइके प्रेमचन्द्र अदुवाले बताउनुभयो । नाचको नियम कडा छ, देवगणले मुखुन्डो लाएर घन्टौँसम्म टोल टोल घुमेर नियमित नाच्नुपर्छ, गाह्रो भएपनि काँही बस्न पाइँदैन, बस्नैपरे पनि ज्वकालुको काखमा या जिउमा अडेसलगाएर बस्नुपर्छ ।
प्रत्येक वर्ष भाद्र द्वितीयादेखि पञ्चमीसम्म यो नाच चल्ने गर्दछ । बिहानीपख देवगणलाई पूजा गर्ने स्थानीयवासीको घुइ“चो लाग्ने गर्छ । जात्रा पहिलो बिहान सकिन्छ, दोस्रो दिन भने बिहान ४ बजे सुरु भएर साँझ सम्पन्न हुन्छ भने तेस्रो दिन बिहान सुरु भएर साँझ सम्पन्न हुने परम्परा रहेको छ ।
नाच देवता घरबाट निकालिन्छ । नाच निकाल्नु अघि द्वितीयादेखि पूर्णिमासम्म नाचको तयारी गरिन्छ । यसलाई नेवारी भाषामा ‘प्या“खा स्यनेगु’ भनिन्छ । नाच सिकाउ“दा ताः लगायतको बाजा बजाइने परम्परा रहेको छ । रासस












प्रतिक्रिया