काठमाण्डौं ,४ भदौ । बलात्कार गरेको आरोपमा नेपाल आयल निगम भैरहवा वितरण केन्द्रका प्रमुख चित्तरञ्जन दासलाई प्रहरीले पक्राउ गरेका छन् ।
भैरहवाको देवकोटा चोककी एक बालिकालाई बलात्कार गरेको अरोपमा प्रमुख दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले बताए । तर प्रहरीले घटनाबारे विस्तृत विवरण भने सार्वजनिक गरेको छैन ।













प्रतिक्रिया