काठमाडौं, ४ साउन । नेपाली कांग्रेसले फिल्म निर्माता रोज राणामाथि आक्रमण गर्ने समूहलाई कडा कारवाहीको माग गरेको छ ।
नेपाली कांग्रेस प्यूठान क्षेत्र नं. २, क्षेत्रीय कार्यसमितिका सभापति रहेका राणालाई गत सोमबार काठमाडौँको वानेश्वरस्थित सेन्ट्रल क्याफे अगाडि अज्ञात समूहले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए उनको अहिले काठमाडौँको ग्राण्डी अस्पतालमा उपचार भैरहेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयले शनिबार एक विज्ञप्ति जारी गरी खुकरी प्रहार गर्ने उक्त समूहको यथाशीघ्र खोजी गरी कडा भन्दा कडा कारवाही गर्न माग गरेको हो । उसले क्षेत्रीय सभापति राणाको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।












प्रतिक्रिया