उदयपुर ४ भदौ । नेकपा एमाले उदयपुरले स्थानीय निकाय पुर्नःसंरचना सम्बन्धी आधिकारिक धारणा सार्वजानिक गरेको छ ।
पार्टीको ८ औँ बैठकले गरेको निर्णय सार्वजानिक गर्न शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जिल्लालाई तीन वटा विशेष क्षेत्रसहित ९ वटा स्थानीय तह बनाउनु पर्ने धारणा सार्वजानिक गरिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष इश्वरमणि राउतले ४ वटा नगरपालिका र ५ वटा गाउँपालिको अवधारणा पार्टीको बैठकले सर्वसहमत निर्णय गरेको बताए । यसरी ९ वटा स्थानीय निकाय बनाउँदा एमालेले भौगोलिक विकटता, प्राकृतिक स्रोतसाधन, प्रशासनिक सुगमता, जनसंख्या, ऐतिहासिक महत्वलाई मुख्य आधार बनाइएको अध्यक्ष राउतले बताए ।
उनले भने, ‘सबै गाउँ तहका पार्टीका नेता, कार्यकर्ताको भावना र प्राविधिकहरुको रायसुझाबलाई आत्मसाथ गर्दै नेताहरुको सुक्ष्म अध्ययनबाट यस्तो धारणा तय गरिएको हो ।’ यसरी बनाइएको स्थानीय तहलाई एमालेले केहि गाबिसका वडालाई नुटक्रयाई सिङो वडालाई गाभेको छ ।
सार्वजानिक गरिएको स्थानीय तहमा एमालेले गाबिसको जनसंख्यासमेत सार्वजानिक गरेको छ । एमालेले ८७ हजार २ सय ५७ जनसंख्यासहित साउने, जोगिदह, खाँबु, चिलाउने र रौताका केहि भागलाई जोडेर सदरमुकामको त्रियुगा नगरपालिका बनाउनु पर्ने बताएको छ ।
त्यसैगरी साउने र जोगिदहका बाँकी भाग, सिद्धिपुर, चौदण्डी, हडिया, सुन्दरपुर गाबिसलाई जोडेर ५१ हजार ४ सय ५२ जनसंख्या रहने गरी बेल्टारबसाहा नगरपालिका, त्रिवेणी, रिस्कु, तावाश्री, हर्देनी र सिरिसेका केही वडाहरु काटेर ४३ हजार ७ सय ३२ जनसंख्या रहने गरी कटारी नगरपालिकाको धारणा बनाएको छ ।
यसैगरी रामपुर, मैनामैनी, बबला र तपेश्वरीको ४२ हजार ३ सय ८६ जनसंख्या जोडेर कोसी नगरपालिका, रौताको बाँकी भाग, नामेटार, जाँते, भुट्टार, लाफागाँउ, पोखरी आँपटारको २३ हजार १ सय ६१ जनसंख्या रहने गरी एक गाउँपालिका र २४ हजार ९ सय ८१ जनसंख्या रहेको पञ्चावती, भलायडाँडा, डुम्रे, बर्रे गाबिसरहने गरी अर्को गाउँपालिका तय गरेको अध्यक्ष राउतले जानकारी दिए ।
एमालेले ९ हजार ८ सय १२ रहेको बारा, बलम्ता, ताम्लिछा, बाँस्बोटे, १४ हजार ५ सय ६२ रहेको रुपाटार, ठानागाँउँ, ओख्ले, इनामे, लेखगाँउ र १८ हजार १ सय ६४ रहेको मयखुँ, लेखानी, लिम्पाटार, सोरुङ साथै हर्देनी र सिरिसेका केहि भुभाग जोडेर ३ वटा विशेष क्षेत्रसहितको गाँउपालिकाको घोषणा गरको अध्यक्ष राउतले बताए । यी क्षेत्रमा राई जातिको बाहुल्यता रहेको छ ।













प्रतिक्रिया