१९ कार्तिक २०८३, बिहिबार

भारतको सल्लाहमा नेताहरु हिड्दा देशको प्रगति भएन्ः लालबाबु पण्डित

6.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lalbabu_Pandit

काठमाडौँ, ३ भदौ । पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता लालबाबु पण्डितले आफ्नो बुद्धि र विवेकलाई प्रयोग नगरी अरुको सल्लाहमा मुलुकलाई अगाडि बढाउन खोज्दा प्रगति हुन नसकेको बताएका छन् ।

युथ फाउन्डेसनले सुरु गरेको ‘युथ पार्लियामेन्ट’ शीर्षक छलफल कार्यक्रममा उनले आफ्नो बुद्धि र विवेकलाई प्रयोग नगरी अरु(भारत)को सल्लाहमा मुलुकलाई अगाडि बढाउन खोज्दा प्रगति हुन नसकेको औँल्याउँदै देशमा राजनीतिज्ञ तथा प्रशासनिक क्षेत्रका सबै जनाले आफ्नो जिम्मेवारी बहन गनुपर्नेमा जोड दिए ।