१९ कार्तिक २०८३, बिहिबार

मन्त्रिपरिषद्का पूर्व अध्यक्ष रेग्मीलाई अन्तर्राष्ट्रिय सम्मान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khilraj-Regmi

काठमाडौं, ४ भदौ । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीलाई अमेरिकाको ख्यातिप्राप्त सामाजिक संस्था उई केयर फोर ह्युम्यानिटीले Asia’s Dignitary Many of the Year बाट अन्तर्राष्ट्रिय सम्मान प्रदान गरेको छ ।

नेपालमा चुनौतीपूर्ण परिस्थितिमा संविधानसभाको निर्वाचन सम्पन्न गर्न २०७० सालमा सरकारको नेतृत्व गरी निर्वाचन सम्पन्न गरेको योगदान तथा न्याय सेवा मार्फत् जनता र समाजलाई पु¥याएको योगदान समेतको उच्च मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरेको आयोजकद्वारा उल्लेख गरिएको छ ।

अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघ भवनमा अगष्ट १७ देखि १९ सम्म आयोजित मानवता सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलनमा मन्त्रिपिरषद्का पूर्व अध्यक्ष रेग्मी लगायत विश्वका विभिन्न देशका सरकार प्रमुख, पूर्व सरकार प्रमुख, पूर्व राष्ट्र प्रमुख तथा प्रसिद्ध सामाजिक अभियन्ताहरुलाई आयोजकले उहाँहरुको योगदानको कदर गर्दै सम्मान गरेको हो ।

सम्मेलनमा सम्मानित भएपश्चात् मन्त्रिपिरषद्का पूर्व अध्यक्ष रेग्मीले सम्बोधन गर्दै विश्वमा सफलताको पथमा अग्रसर हुन सेवाको भावना र परोपकारको उद्देश्यसहित निरन्तर क्रियाशील हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो । सम्बोधनकै क्रममा रेग्मीले मानवीय सेवा र सामाजिक हितोपयोगी कार्यमा समर्पित भएमा, विश्व शान्ति तथा सद्भावपूर्ण र समृद्ध समाज निर्माण गर्न सकिने विचार व्यक्त गर्नुभयो । उक्त सम्मान प्राप्त गर्दा आफूलाई अत्यन्त खुरी लागेको र सामाजिक सेवामा लाग्न अझ बढी प्रेरणा र उर्जा प्राप्त भएको पनि रेग्मीले बताउनुभयो ।

सम्मेलनमा सहभागी हुन रेग्मीसँगै उहाँकी धर्मपत्नी श्रीमती शान्ता रेग्मी र प्रेस संयोजक राजेन्द्रप्रसाद पाण्डेय पनि साथमा अमेरिका जानुभएको छ ।