न्यूयोर्क । अभिनेत्री प्रियंका चोपडाले आफ्नो आउँदै गरेको हलिउड नयाँ फिल्ममा खलनायिकाको भूमिकामा देखिने बताएकी छिन् ।
न्यूयोर्कबाट ट्वीटरमा आयोजित अनलाइन कुराकानीका क्रममा प्रियंकाले नयाँ हलिउड फिल्ममा खलनायिकाको अभिनय गरेको बताएकी हुन् । कुराकानीमा उनले फिल्ममा आफ्नो भूमिका कस्तो छ भनेर बताएकी छिन् ।
‘क्वांटिको’ नामक फिल्म खेलेकी प्रियंकाले भनिन्, ‘फिल्म हास्यप्रधान छ । तर मेरो भूमिका नकारात्मक छ ।’
३४ वर्षीया अभिनेत्री प्रियंकाले यो फिल्ममा मुख्य खलनायिकाको भूमिका निभाएकी हुन् । यो फिल्म मे २०१७ मा रिलिज हुनेछ ।
९०को दशकमा निर्माण भएको ‘बेवाच’ धारावाहिकलाई फिल्मका रुपमा रिमेक गरिएको निर्माण पक्षले जनाएको छ । यो फिल्मबाट अभिनेत्री प्रियंकाले धेरै आशा लिएको प्रतिक्रिया दिएकी छिन् । – एजेन्सी















प्रतिक्रिया