१९ कार्तिक २०८३, बिहिबार

‘यहाँसम्म आइपुग्नु हाम्रा सामु कम चुनौतिपूर्ण थिएन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Up Lamichhaneकाठमाडौं, ३ भदौ । नेपाल विद्यार्थी संघका नेता यूपी लामिछानेले ११औँ महाधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यावाद दिँदै नयाँ कार्यसमितिलाई बधाइ दिएका छन् ।

नेता लामिछानेले शुक्रबार विज्ञप्ति जारी गरेर भनेका छन्, ‘साथीहरूको निकै समयको अन्तरालपछि विभिन्न बाधा अड्चन छिचोल्दै सहयोगका कारण हामीले नेपाल विद्यार्थी संघको ११औं महाधिवेशन हार्दिकताका साथ सम्पन्न गरेका छौं ।’ उनले महाधिवेशनबाट नयाँ कार्यसमितिमा निर्वाचित सबैलाई बधाई दिएका छन् ।

‘यहाँसम्म आइपुग्नु हाम्रासामु कम चुनौतिपूर्ण थिएन’, लामिछानले भनेका छन्, ‘कांग्रेस एकीकरणपछि दुई महाधिवेशन सफलतापूर्वक सम्पन्न गरिसक्दासम्म पनि बिभाजित नेबिसंघका प्रत्यक दुई जिल्ला र क्याम्पस समितिलाई एक बनाएर, पार्टीभित्रका अनेकन समूहहरूलाई एकै ठाउँमा ल्याएर, राजनीतिक समझदारी कायम गरेर महाधिवेशनको माहोल तयार पार्नु कम चुनौतिपूर्ण थिएन ।’

चुनौतीलाई सामना गर्दै जारी विद्यार्थी आन्दोलनमा आफ्नो संगठनको दरिलो उपस्थिति कायम राख्दै साथीहरूको साथ र सहयोगमा महाधिवेशन सम्पन्न गरेकोमा उनले सन्तोष जनाएका छन् । ‘महाधिवेशन सम्पन गराउन र मलाई प्रवक्ताको जिम्मेवारी बहन गर्न साथ र सहयोग गर्नुहुने पत्रकार साथीहरूप्रति म विशेष आभार व्यक्त गर्न चाहान्छु’, नेता लामिछानेले उल्लेख गरेका छन् ।

‘हाम्रो निकै प्रयास रहँदारहँदै पनि केही महत्वपूर्ण शैक्षिक मुद्दा निस्कर्षा पुर्‍याउन नसकेकोमा क्षमा माग्दै स्ववियु चुनाव गराउन नसकेको तितो अनुभव लिएर नेपाल विद्यार्थी संघको जिम्मेवारीबाट विदा भएको छु’, लामिछानेले विज्ञप्तिमा भनेका छन्, ‘यो यात्रामा भएका कमीकमजोरीप्रति क्षमा माग्दै मलाई प्रवक्ताको रुपमा काम गर्ने अवसर दिनु भएकोमा सभापति रञ्जित कर्ण केन्द्रीय समितिका साथीहरू आभार ब्यक्त गर्न चाहान्छु ।’