१ कार्तिक २०८३, आइतबार

फिल्म ‘गाँठो’को ट्रेलर रिलिज (भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gathoकाठमाडौं । भदौ ३१ गते प्रदर्शन मिति तोकेको चलचित्र गाँठोले शुक्रबार ट्रेलर सार्वजनिक गरेको छ ।

सुरज भुषाल निर्देशित चलचित्र गाँठोले सम्वन्धको कथा बोकेको निर्देशक भुषालले बताए । चलचित्रमा होस्टेल रिर्टन्स स्टार नाजिर हुसेन, अभय बराल र नम्रता श्रेष्ठको मुख्य अभिनय रहको छ । यसअधि सार्वजनिक गीत तथा टिचरबाट चर्चा कमाईरहेको चलचित्रको ट्रेलर युट्युवमार्फत सार्वजनिक गरेको हो ।

यसअघि मौन तथा होस्टेल रिर्टन्स निर्देशन गरेर चर्चा कमाएका निर्देशक भुषालले निर्देशन गरेको चलचित्र दर्शकको प्रतिक्षित चलचित्र हो । होस्टेल रिर्टन्सबाट चर्चा कमाएका अभिनेता नाजिर हुसेन तथा अभय बराल अभिनित चलचित्र भएका कारण पनि चलचित्र दर्शकको पर्खाईको चलचित्र हो ।

बटवाल इन्टरटन्मेन्ट प्रालिको ब्यानरमा बनेको चलचित्रमा तिलक क्षेत्रि, नृपेन्द्र राज जोशी र स्यंम सुरज भुषालको लगानी रहेको छ । चलचित्रमा अनुपम शर्माको संगीत रहेको छ ।

पोखरा पाल्पा र गुल्मी आसापासमा खिचिएको चलचित्रलाई नरेन्द्र मैनालीले खिचेका हुन् । चलचित्र भदौ ३१ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ ।

हेर्नुस् भिडियोः