२८ आश्विन २०८३, बुधबार

प्रचण्ड भारतकै सहयोगमा प्रधानमन्त्री बनेका हुन्ः चित्रबहादुर केसी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा माओवादी केन्द्र नेतृत्वको अहिलेको सरकार दक्षिण छिमेकी भारतको सहयोगमा बनेको बताएका छन् ।

पत्रकार दीपक धितालसँग माउन्टेन सम्वादमा कुराकानी गर्दै उनले शक्ति केन्द्रकै षडयन्त्रमा ओली सरकार ठालिएको भन्दै प्रचण्ड पनि शक्ति केन्द्रकै चाहना अनुरुप प्रधानमन्त्री बनेको बताए ।

उतिबेला संविधान जारी हुन नदिन शक्ति केन्द्रबाट ठूलो प्रयास भएको भन्दै अहिले यसलाई कार्यान्वयन हुन नदिन षडयन्त्र भइरहेको बताए । ‘ठूला दल मिल्दा संविधान जारी भएरै छाड्यो’ उनले भने- ‘संविधान कार्यान्वयन गर्न पार्टीले मलाई सरकारमा पठायो । तर, हामीले पूरा काम गर्न पाएनौं ।’ उनले नयाँ सरकारका कारण संविधान कार्यान्वयन नहुने खतरा बढ्दै गएको बताए ।

अन्तर्वार्तामा उनले आफू मन्त्री हुँदा र अहिले डेरामा बस्दाका अनुभव साटेका थिए ।

हेर्नुस् केसीसँगको दमदार अन्तर्वार्ताः