इन्डोनेसिया । हालै इन्डोनेसियाको सुराबायामा सम्पन्न ‘एशियन फेशन वीक २०१४’ मा नेपाली फेशन डिजाइनर मदन पौडेलले डिजाइन गरेका नेपाली ढाकाकपडाबाट तयार गरिएको पहिरनले चर्चा कमाएको छ ।
पौडेलले डिजाइन गरेका नेपाली ढाकाकपडाबाट तयार गरिएको पहिरनमा मिस इन्डिया २०१३ रूहानी शर्मा ¥यापमा उत्रिएपछि त्यसको चर्चा भएको हो ।
फेशन डिजाइनरलाई विदेशमा पनि चिनाउने उद्देश्यले नेपाल फेशन महासंघ र नेपाल फेशन डिजाइनर संघको संयुक्त पहलमा एशियन फेशन वीक २०१४ मा नेपाली फेशन डिजाइनर सहभागी भएका थिए ।
फेशन सप्ताहमा क्याजुअल ड्रेस १० वटा, कल्चरल ड्रस ५ वटा, इको फ्रेंडली ५ वटा, मास्टर पीस एउटा, एभन्ट गार्ड एउटा र हब्ट कटयर एउटा प्रदर्शन गरिएको थियो ।
स्थानीय मोडेलहरुले ती पहिरन लगाएर याम्प नापेका थिए । फेशन वीकमा नेपाल साथै एसियाका ५८ देशहरुको सहभागिता रहेको थियो ।
नेपाली इतिहास मै पहिलो पल्ट अन्तरास्ट्रिय स्तरको कार्यक्रममा सहभागिता जनाईएको हो ।
त्योसँर्ग आगामी वर्षदेखि ५ जना नेपाली फेशन डिज़ाइनरहरुलाई एशियन फेशन वीकमा सहभागिता जनाउने अवसर उपलब्ध गराउनुका साथै एशियन फेशन वीक नेपालमा समेत आयोजनाका लागि पहल
थालिएको नेपाल फेशन महासंघका अध्यक्ष नबिन लुइँटेलले बताउनुभयो ।














प्रतिक्रिया