१९ कार्तिक २०८३, बिहिबार

छुट्टाछुटै दुर्घटनामा दुईको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, २ भदौ । सिरहाको छुट्टाछुटै स्थानमा गएराति भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोलबजार नगरपालिका– ७ स्थित सडकमा गएराति मोटरसाइकलको ठक्करबाट लहान नगरपालिका– १३ गोविन्दपुर निवासी २१ वर्षीय सन्दिपकुमार महतोको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका महतोको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

त्यसैगरी सिरहाको मिर्चैया नगरपालिका– ११ निवासी १७ वर्षीया सञ्जीप महराको आफ्नै घरको पङ्खा चलाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर भएका महरालाई उपचारका लागि मिर्चैयास्थित नर्सिङ होम ल्याउँदै गर्दा उहाँको पनि बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी सिरहाको लहान नगरपालिका– १२ बाट गएराति प्रहरीले लागु औषधसहित दुई युवकलाई पक्राउ गरेको छ ।

बिआर ३३ जी २०६९ नम्बरको भारतीय मोटरसाइकलमा ल्याउँदै गरेको २० बोतल कोरेक्स सहित सिरहाको कचनारी– ९ निवासी अविनाशकुमार यादव र सरोजकुमार यादवलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले लहान नगरपालिका– १२ फूलबारी मन्दिर अगाडि सवारी चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकलको डिकीमा लुकाइ राखेको अवस्थामा कोरेक्स बरामद भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । रासस