११ कार्तिक २०८३, बुधबार

मतदान गरेका गच्छदारलाई प्रचण्डले बेवास्ता गर्न थाले, सम्वाद हुन छाड्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachand-Maoist-Centerकाठमाडौं, २ भदौ । केपी ओली नेतृत्वको सरकारमा रहेका उपप्रधानसहित तीन मन्त्री फिर्ता बोलाएर कांग्रेस–माओवादी गठबन्धनलाई समर्थन जनाएको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सरकारमा सहभागी हुने सम्भावना घट्दै गएको छ ।

वर्तमान सरकार बन्नुअघि नेकपा माओवादी केन्द्रका नेताहरुले नयाँ गठबन्धनमा सत्तासाझेदार बनाउने आश्वासन दिए पनि पछिल्लो समयमा प्रधानमन्त्री र मन्त्रीसँग संवाद नै हुन छाडेपछि सरकारमा सहभागी हुने सम्भावना घट्दै गएको फोरम लोकतान्त्रिकका नेताहरू बताउँछन् । नागरिक दैनिकले समाचार छापेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि पार्टीको तर्फबाट अध्यक्ष विजय कुमार गच्छदारले एकपटक मात्र औपचारिक छलफल गर्ने मौका पाएका छन् ।

उक्त छलफलमा गच्छदारलाई सम्मानजनक रुपमा सरकारमा सहभागी गराउने इच्छा नदेखाएपछि सरकार र लोकतान्त्रिकबीच औपचारिक छलफल नभएको एक नेताले बताए ।