१९ कार्तिक २०८३, बिहिबार

कैची प्रहार गरी श्रीमती मार्ने पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, १ भदौ । कैची प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पथरी शनिश्चरे नगरपालिका–१० पिपलडाँडा बस्ने ४६ बर्षीय बिनोद परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार परियारले मंगलबार सामान्य वादविवादमा ३७ बर्षीया श्रीमती कल्पना परियारलाई कपडा काट्ने कैचीले टाउकोमा हान्दा घाइते भएकोले स्थानीय अस्पताल शनिश्चरेमा उपचार गराई घर ल्याएकोमा बुधबार विहान अवस्था गम्भीर भई अस्पताल लैजाने तयारी गर्दा कल्पनाको मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।