२८ आश्विन २०८३, बुधबार

आठ बर्षका बालकको १६ किलोको हात ! (फोटो फिचरसहित)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kalim-india

भारतका नयाँ दिल्लीमा एक बालक भेटिएकाछन्, जसको उमेर आठ बर्षमात्रै छ, तर उनको हातको तौल भने १८ किलो छ ।

८ बर्षीय यी बालक हुन्, मोहम्मद कलिम । स्कुलका साथीहरु डराउनका साथ साथै सबैले जिस्काउन र गिज्याउन थालेपछि उनी स्कुल समेत छाड्न बाध्य भए । साथीमात्र होइन, शिक्षकले समेत जिस्क्याउने र कुटनेसमेत गरे, उनलाई ।

यसो त उनलाई देखेर साथीहरुमात्रै होइन, आफ्नो हात देख्दा आफैलाई डर लाग्ने गरेको उनी बताउँछन् । उनका हात यति ठूला छन् की त्यो देख्दा जो कोहीको पनि जिउ सिरिंग हुन्छ ।

नयाँ दिल्लीमा ज्याला मजदुरी गर्ने ४५ बर्षीय समिम २७ वर्षकी हलीमाका छोरा हुन्, यिनी । जन्मिँदै सामान्य बच्चाका भन्दा दोब्बर ठूलो साइजका हात सहित जन्मिएका यी भारतीय बच्चाका हात अहिले ८ / ८ किलोका छन् । हत्केलाको फेँदी देखि माथि औँलाको टुप्पासम्मको लम्बाइ १३ इन्च छ । हात निकै अजंगका हुँदा उनलाई खाने कुरा खान पनि संघर्ष गर्नुपर्छ । नुहाउने, दिसा पिसाब गर्ने कामका लागि समेत उनलाई निकै सकस पर्ने गरेको छ ।

kalim-india3

ज्याला मजदुरी गर्नु बाध्यता त छँदैथियो, छोराको यो हालत भएपछि यो परिवारमा बज्रपात परेको छ । भीख मागेर खानुपर्ने बाध्यताबाट परिवार चलेको छ । ।

यसो त परिवारले कलिमलाई अस्पताल नलगेका होइनन्, तर डाक्टरहरुले अहिलेसम्म रोग पत्ता लगाउन सकेका छैनन् । डाक्टरहरुले लिम्फान्जिओमा वा हामार्टोमा भन्ने रोग लागेको हुनसक्ने आशंका गरेका छन् । यी दुबै रोगको उपचार सम्भव छ । तर उपचार गर्ने हैसियत कलिमको परिवारको छैन ।

kalim-india2