काभ्रेको वस दुर्घटनामा २७ को मृत्युु र ४० भन्दा वढी घाइते भए सोही दिन बैतडीमा पनि अर्को दुर्घटना भयो । नेपालको ग्रामीण कच्ची र राजमार्गमा दुर्घटना सामान्य हुनथाले । सिमित बस व्यवसायीको सिन्डिकेटले अावश्यकता भन्दा वढि लोड र सम्भावित दुर्घटना वारे जानकार हुँदाहुँदै पनि अाफ्नो मलामि अाफै गए जसरि चढाउनु चालक, सहचालक र चढ्ने यात्रुको वाध्यता वनेको छ । नेपालीका घरघरमा पुग्नेगरि निर्माण हुन पुगेका कच्ची सडकको हालत यस्तो छ कि, त्यसमा निश्चित मापदण्ड नै छैनन जस्तोसुकै क्षमताका सवारि पनि जवर्जस्त पुर्याउन सकिन्छ ।
एकातिर राज्यको सिन्डिकेट लगाउने व्यवसायीलाई संरक्षण प्राप्त छ यिनलाई न त राज्यले कारवाहि गर्छ न त नयाँलाइ प्रोत्साहन गर्न नै सक्छ। सिमित सवारि चलाएर अभाव सिर्जना गरि जवर्जस्त कोचेर धनी वन्ने प्रथा सवारी दुर्घटनाको मुख्य कारण हो । राज्य संयन्त्र, प्रशासन र प्रहरीले अाँखा चिम्लेर गाडि हुँईकाउन दिने हो भने यसलाई राज्यनियोजित अामनरसंहारको रुपमा हामिले वुझ्नैपर्दछ ।
राजधानीमै उदाहरण हेर्ने हो भने पनि सडकका सामान्य पक्षलाई ध्यान नदिईएको देखिन्छ । युरोपेली शैलिको नेपाली झल्को दिन काठमाडौं दरवारमार्गको, नारायणहिटी संग्रहालय देखि राजा महेन्द्रको शालीक सम्मको सडकमा सडकविचमा रहेको बिधुत खम्बासहितको रेलिङका बिच बिचमा केही ठाँउमा रहेको जेव्राक्रसिङको ठाँउमा रेलिङ थपि बन्द गरेर नयाँ ठाँउमा जेव्राक्रसिङको कायम गरिएको छ ।
पुरानो ठाँउमा अझैपनि स्पस्ट देखिने संकेतले पैदलयात्रीमा वाटो काट्नमा अन्योल सिर्जना भएको देखिन्छ ।यस्तो समस्या राजधानीका अन्यत्र पनि धेरै भेटिन्छन् ।यो अनावश्यक ठाँउमा रहेका संकेतका अस्पस्टता हटाउन र दुर्घटना न्युनिकरणमा सम्बन्धित निकाएको ध्यानाकर्षण होस । अनावश्यक जेव्राक्रसिङको संकेत मेटाइयोस् । हेर्दा सामान्य लागेपनि सुधारको सुरुवाती यिनै सूक्ष्म पक्षहरुबाट हुनु अावश्यक छ।















प्रतिक्रिया