१ कार्तिक २०८३, शनिबार

सगूनको प्राइभेट प्लेसमेन्ट अफरिङ्ग बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sagoon-logo-800x450अमेरिका । अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुले स्थापना गरेको सामाजिक सञ्जाल सगून डटकमले अमेरिकी सरकारको जब्स एक्ट २०१२ अनुसार सर्वसाधारणहरुलाइ लगानीको अवसर प्रदान गर्ने सिलसिलामा शुरु गरेको प्राइभेट प्लेसमेन्ट अफरिङ्ग अगस्ट १५ देखि बन्द गरेको छ ।

आ–आफ्नो देशको कानून अनुसार विश्वको जुनकुनै देशबाट समेत लगानी गर्न पाउने यो अवसर सगूनले जुन २९, २०१६ देखि शुरु गरेको थियो ।

सगूनका संस्थापक गोविन्द गिरीका अनुसार सामाजिक सञ्जालको दुनियामा नेपालीहरुको नया आर्थिक र सामाजिक पहिचान स्थापित गर्न सगुनको स्थापना गरिएको हो ।

दक्षिण एशियालीको पहिलो स्टार्टअप कम्पनी बन्न सकेको सगुनले सर्वसाधारणलाई यसको हिस्सेदार बनाउने कार्यक्रम अन्तर्गत पहिलो चरणम अन्तर्गत प्राइभेट प्लेसमेन्ट अफरिङ्ग शुरु गरिएको थियो ।

अबको केही महिनाभित्र नै सगुनले मोवाइल एप्ससहित मिनी आइपीओ खुल्ला गर्नेछ र यसमा इच्छुक धेरैले लगानी गर्न सक्नेछन् ।

मिनी आइपीओमा प्राइभेट प्लेसमेन्टमा जस्तो जटिल प्रकृयाहरु पनि नहुने र थोरै रकमबाट पनि लगानी गर्न सकिनेछ ।