दोहा, कतार । नेपालको विभिन्न जिल्लाहरुमा डुवानमा परेका नेपालीलाई राहत दिने उदेश्यले एसोसिएसन अफ नोभेल फेमेलिज (नवीन परिवार संघ) नामक संस्थाले तत्काल सहयोगका लागि अपील गरेको छ ।
अपील अनुसार राहत संकलन अभियानमा एक सातामा कतारको विभिन्न स्थानमा राहत संकलन गरिको छ ।
अभियानले एक सातामा ८ हजार ९ सय ६० कतारी रियल अर्थात नेपाली रकम २ लाख ६२ हजारभन्दा बढी रकम संकलन गरेको अध्यक्ष जनाब माहमुद कार्कीले जानकारी गराएका छन् ।
अन्तर्राष्ट्रिय नेपाली समाज दोहा कतार नयाँ शक्तिका पदाधिकारी , अभियन्ताहरुले पनि राम्रो सहयोग गरेका छन् ।
संस्थाले राहत संकलन अभियानमा सहयोग गर्न सम्पूर्ण व्यापारी, बुद्धिजीवी, समाज सेवी, नागरिक समाज तथा समाजिक संघ–संस्थालाई अपील समेत गरेको छ ।
















प्रतिक्रिया