११ कार्तिक २०८३, बुधबार

कमल थापाको पक्षमा राप्रपाभित्र केन्द्रीय सदस्यहरू एकजुट, राणाविरुद्ध विद्रोहको तयारी

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pashupati Shamsher Rana Rppकाठमाडौं, १ भदौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग एकतर्फी रुपमा पार्टी एकीकरण रोकेको भन्दै राप्रपामा अध्यक्ष पशुपतिशमशेर राणाविरुद्ध विद्रोहको तयारी भएको छ ।

यसका लागि केन्द्रीय सदस्य तथा जिल्ला सभापतिहरुले हस्ताक्षर अभियान थालेका छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

एक साता समयसीमा दिएर सुरु भएको हस्ताक्षर अभियान शुक्रवार सम्पन्न हुने स्रोतले बतायो ।

राणाको विरोधमा मंगलबार साँझसम्म भन्डै चार दर्जन केन्द्रीय सदस्यले हस्ताक्षर गरेको राप्रपाका एक नेताले दाबी गरेका छन् ।

उनीहरुले आगामी शनिवार अध्यक्ष राणालाई अल्टिमेटमसहितको ध्यानाकर्षणपत्र समेत बुझाउने तयारी गरेका छन् ।

सो पत्रमा पहिलो सर्तका रुपमा राप्रपा नेपालसँगको पार्टी एकता जुन ठाउँबाट अबरुद्ध भएको हो सोही ठाउँबाट सुरु गर्न आग्रह गरिएको छ ।

राणाले त्यसलाई अस्वीकार गरेमा पार्टीको नेतृत्वसमेत परिवर्तन गर्न सकिने चेतावनी उनीहरुले दिएका छन् ।

गत साउन ११ र १२ गते बसेको राप्रपा केन्द्रीय समिति बैठकले राप्रपा नेपालसँग पार्टी एकता गर्ने निर्णय गरेको थियो ।

त्यसैगरी साउन २१ मा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष राणाले संयुक्त विज्ञप्ति जारी गरी साउन २५ मा पार्टी एकता गर्ने सार्वजनिक घोषणा गरेका थिए ।

तर, साउन २४ गते पार्टीको अन्तरिक विधानमा छलफल गर्न बाँकी रहेको भन्दै राप्रप अध्यक्ष राणाले विज्ञप्ति प्रकाशित गरी एकता तत्काल स्थगित भएको बताएका थिए ।