उदयपुर ३२ साउन । उदयपुरमा १८ बर्षीया युवतीलाई बलात्कारको प्रयास गरेको आरोपमा १४ बर्षीय बालकलाई जिल्ला अदालतले सोमबार हालका लागि सजाय स्थगित हुने गरी १ बर्ष ३ महिना कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधिश महेन्द्रबहादुर कार्कीको एकल इजालासले नाबालक ठहर गर्दै हालका लागि कैद सजाय स्थगित गर्ने गरी फैसला सुनाएको हो । फैसलासँगै बालकले आगामी दिनमा पुनः अपराध गरेको प्रमाणित भए साउन ३१ गतेको फैसलासमेत जोडी थप सजाय तोकिने स्रेस्तेदार रितबहादुर मगरले जानकारी दिनुभयो ।
तर, पुनः अपराधका घटना नदोहोरिए बालकले फैसला अनुसारको सजाय भुक्तान गर्नु नपर्ने उहाँले बताउनुभयो । बालकले ०७२ चैत्र १६ गते पानी लिन गएकी युवतीमाथि बलात्कारको प्रयास गरेका थिए ।
घटनाको एक हप्ता पछि पीडित परिवारले दिएको निवेदन अनुसार बालकलाई चैत्र २२ गते प्रहरीले पक्राउ गरेको थियो । प्रहरी निगरानीमा रहेका बालकलाई अदालतले ०७३ बैशाख १७ गते अभिभावकको संरक्षकको जिम्मामा छोडिदिएको थियो ।












प्रतिक्रिया