विजय थापा
भर्जिनिया । ‘भाषण गर्दा गर्दा म थाकेको छु र मलाई भाषण गर्न आउदैँन’ यो भनाई अमेरिकाको भ्रमणमा रहेका गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घलेको हो ।
उहाँ अहिले नेपालमा एन आर एन भवन निर्माण हेतुसहित आर्थिक सङ्कलनका लागि अमेरिकामा हुनुहुन्छ । उहाँले डिसी महानगर क्षेत्रबाट मात्र सत्तरी हजार डलर अर्थात करिब ७० लाख नेपाली रुपैयाँ संङकलन गर्नुभएको छ ।
अमेरिकाका विभिन्न राज्यहरुमा उठाइएको चन्दा सङ्कलन भन्दा उक्त रकम ज्यादा हो । डिसीमहानगर क्षेत्र बासीहरुले स्वत फुर्त रुपमा देखाएको सहयोगप्रति हर्षित हुदैँ उहाँले धन्यबाद दिनुभयो ।

कार्यक्रममा घलेले आफुले जिम्मा लिएको अभिभारा कर्तव्यनिष्ठ भएर पुरा गर्ने बाचा गर्दा सबै भाबुक भएका थिए । ‘म सेवाको लागि २४ सै घण्टा तयार छु’ उहाँले भन्नुभयो, ‘सबैबाट नैतिक समर्थन प्राप्त गर्दा उत्साहित भएको छु ।’ घलेले भवन वास्तुशास्त्र अनुसार निर्माण गर्ने जानकारी दिनुभयो ।
अमेरिकाका लागि महाबाणिज्य दुत प्रेमराजा महतले एनआरएनका अधक्ष्य शेष घलेलाई आफ्नो बाल्टिमोर निवासमा निमन्त्रणा गर्नुभएको थियो ।
त्यहाँ गरिएको समुदाय सदस्यहरुको भेटघाटमा सहभागी भएका बाल्टिमोरका प्रेमकुमार श्रेष्ठले डिसी महानगर क्षेत्रबाट ५० हजार उठाउनु पर्ने बताउनु भयो ।
त्यति रकम उठाउन सकिएन भने त्यो ५० हजार एक सय बनाउने मेरो जिम्मेबारी हो भनि प्रतिबद्धता जाहेर गर्नुभयो । उहाँको प्रतिज्ञा र प्रतिबद्धता अनुसार डिसी महानगर क्षेत्रबाट सबै भन्दा ज्यादा चन्दा एनआरएन भवन निर्माणलाई दिदैँ कुल डिसी महानगर क्षेत्रबाट ७० लाख लगभग नेपाली रकम हुन् पुगेको छ । महाबाणिज्यदुत प्रेमराजा महतले प्रेमकुमार श्रेष्ठलाई विशेष धन्यबाद दिनुभएको थियो ।
अमेरिकाका लागि कार्यबाहक राजदुत ऋषि राम घिमिरे एनआरएनको एक पटकको नेपाली सधैको लागि नेपाली भन्ने नारा असल लागेको उल्लेख गर्दै घलेले लिनुभएको अभियानको प्रशंषा गर्नुभयो ।

गैर आवसीय नेपाली सघ अन्तरराष्ट्रिय समन्वय परिषद अमेरिकाका लागि सल्लाहकार रामचन्द्र खरेलले शेष घलेको परिचय दिनुभएको थियो ।
एनआरएन अमेरिकाका महासचिब कृष्ण पोखरेलले एनआरएन अभियान बारे जानकारी दिदै तथा नेपाली बन्न पाउने अधिकारलाई आवाज पुर्याउने बारेमा कुरा राख्नुभएको थियो ।
वरिस्ठ उपाध्यष लोकनाथ तिवारीले मैले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने भन्दै आफ्नो भवन निर्माण हेतु सहयोग गर्नु पर्नेमा जोड दिनुभयो ।















प्रतिक्रिया