पाँचथर, ३२ साउन । पाँचथरमा जंगली च्याउ खाई आमाबाबू गूमाएका बालिका र पतिले पत्नी मारेर अभिभावक बिहीन बालबालिकाहरुलाई पालन पोषण सहित शिक्षा लगायत सम्पूर्ण पालन पोषणका लागि उद्धार गरिएको छ ।
आङना गाविस १ निवासि मंगल सिंग माङलाक उनकी पत्नी सहति परीवारका दूई छोरा छोरी जंगली च्याउ खाइ मृत्यु भएको थियो ।
मृत्युबाट संरक्षण बिहीन बनेकी १३ वर्षीया बालिका मनिसा माङलाक लगायतलाई उद्धार गरीएको हो ।
माङलाक परीवारले जेष्ठ १० गते जगंली च्याउ खाएका थिए । आमाबाबु नभएर संरक्षण नपाएका बालबालिकाहरुलाई बालकल्याण समिति पाँचथरको पहलमा एसओएस बालग्राम ईटहरी सुनसरीले सम्पूर्णजिम्मा लिएको छ ।
उद्धार गरिएका बालबालिकामध्ये सिदिन गाविस १ निवासि मन कुमार राईले २०६९ साल माघ ८ गते पत्नीलाई कुटपिट गरी हत्या गरेका कारण उनी जेलमा रहेका छन् । उनका संरक्षण बिहीन बालबालिका निबस, निमेष, सम्झना राई समेतलाई उद्धार गरिएको छ ।













प्रतिक्रिया