१ कार्तिक २०८३, शनिबार

बिर्घा स्याङजा समाजले आफ्नै जिल्लामा सहयोग गर्ने

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1  (7)युएई । ‘हाम्रो गौरव हाम्रो सान बिर्घा स्याङ्जा हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ स्याङ्जा जिल्लाको बिर्घा गबिस बाट कामको सिलसिलामा युएईमा रहनुहुने सम्पुर्ण युवाहरू मिलेर २०७० सालमा स्थापना भएको गाबिसस्तरीय संस्था बिर्घा स्याङ्जा सहयोग समाज युएईको गत शुक्रबार नियमित मासिक बैठक सप्पन्न भएको छ ।

समाजका अध्यक्ष मित्रलाल पाण्डेयको अध्यक्षतामा बसेको उक्त बैठकले बिर्घा गाविसका सम्पूर्ण सरकारी बिद्यालय तथा बिर्घाको एक मात्र पुस्तकालय मातृभूमि पुस्तकालय र बिर्घा गाउँ बिकास समितिको कार्यलयमा पाटी बितरण गर्ने निर्णय गरेको छ ।

हिन्दुहरुको महान पर्व बडा दशैको अवसरमा उक्त बोर्ड बितरण गर्ने योजना रहेको छ ।

लगभग ११० सदस्य संख्या रहेको यस समाजमा ३५–४० जना सक्रिय सदस्य रहेका छन । यस संस्थाले हरेक महिनामा नियमित बैठक बसेर प्रत्येक सक्रिय सदस्यबाट ५ दिरामका दरले पैसा जम्मा गरी आफ्नो गाउँठाउँमा सेवा र सहयोग गर्दै आइरहेको छ ।

स्थापनाको दिनदेखि नै अक्षयकोष, मृगौला पीडित, ब्लड क्यान्सर पीडित, सामाजिक, शैक्षिक तथा धार्मिक क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।

संस्थाले सामाजिक कार्यहरु जस्तै पोखराका एकजना मृगौला पीडित, झापाका एकजना मृगौला पीडित, बिर्घा गाविसका दुबै मृगौला पीडित चुरामणि बिक, ब्लड क्यान्सर पीडित शान्ति घिमिरे तथा छिमेकी आलमदेवी गाविसका पिताम्वर रानालगायतलाई रु १,३७,५०० आर्थिक सहयोग गरेको छ ।

बिर्घा गाविसको एक मात्र क्याम्पस कालीगण्डकी क्याम्पसको भवन निर्माणकार्यका निम्ति रु २५,००० सहयोग गरेको छ ।

बिर्घा गाबिसका सम्पूर्ण सरकारी विद्यालय तथा छिमेकी श्री कृष्णगण्डकी गाविसको श्री धुर्बज्योति माध्यामिक बिद्यालय गरी १२ वटा बिद्यालयमा प्रतिबिद्यालय रु ११,१११ का दरले जम्मा रु १,३३,३३२ अक्षयकोष खडा गरेको छ ।

जसको ब्याजवाट आएको पैसा गरिब तथा जेहन्दार विद्यार्थीको लागि प्रदान गरिन्छ । दुर्गा प्राविको शैक्षिकस्तर बढाउनका निमित्त उक्त बिद्यालयको रजत महोत्सवको उपलक्ष्य रु ३१,१११ सहयोग गरेको छ ।

यस समाजले धार्मिक मठमन्दिरको संरक्षणका निम्ति बिर्घा गाविसका ५ वटा मन्दिरमा समेत प्रतिमन्दिर २०,००५ का दरले रु १,००,०२५ धनराशिको अक्षयकोष खडा गरेको छ ।

आउँदा दिनहरूमा समेत गाउँ बिकासका निमित्त यस संस्थाले अझ विशेष किसिमका कार्यक्रम तथा योजना बनाएर अगाडि बढ्ने भएको छ ।