१ कार्तिक २०८३, शनिबार

साउदीमा मृत्युदण्ड पाएका रामचन्द्रलाई बचाउन नयाँ शक्ति कतारको दुई लाख

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramchandra Timalsina– ध्रुब क्षेत्री

दोहा कतार । नेपाली जो कोही पनि आफ्नो पारिवारिक अबस्था कम्जोर नभएको भए सायद विदेश तेसमा पनि मजदुर र सवारी चालक जस्तो असुरक्षित पेशा रोजेर विदेश अबश्य जाने थिएनन् । यसैमध्येका हुन् काभ्रेका रामचन्द्र तिमल्सिना ।

करीब १५ महिना पहिले साउदीको रोडमा आफूले सवारी चलाउने क्रममा दुर्घटना हुँदा एकजना पाकिस्तानी मजदुरको मृत्यु प्रकरणमा मृत्युदण्ड सजाय पाएका काभ्रेका तिमिल्सिनालार्इ बचाउने अभियान स्वरूप विभिन्न व्यक्ति र संघसंस्थाले सहयोग गरिरहेका छन् ।

साउदीस्थित नयाँ शक्ति पार्टीले नेपालीहरूसँग अपील गरेर ब्लडमनी संकलन थालेको छ । अन्तर्राष्ट्रिय नेपाली समाज कतार नयाँ शक्ति कतारले तिमल्सिनाको बचाउका लागि करीव दुई लाख रुपैयाँ रकम सहयोग गरेको छ ।