३० आश्विन २०८३, शुक्रबार

“नयनको स्पन्दन”

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BB Shrestha– वि.वि. श्रेष्ठ

सामिप्यताको त्यो पखाईले उसको त्यो नयनहरू टोलाइरहयो । लाग्दथ्यो, यो पलहरू लामो समयदेखि व्यतित भईरहेका छन् र यसको पखाई निरन्तर चलिरहनेछ, तर कहिलेसम्म ? प्रश्न चिन्ह खडा भइरहयो ।

व्याक्तिको सामिप्यता वुझनका लागि सम्वन्धित बाहेक अरुको व्यवहार सवै निरर्थक शिवाय केही हुन सक्दैन । यहि पेरिफेरिमा नै समयको यो चक्र चलिरहने कुरामा अन्यथा लिन सकिँदैन । शून्यताको यो अधिनस्थलाई नजरअन्दाज गरी दौडनेको लामो ताँती रहेको यथार्थमा त्यसमा नै रुमल्लिनेको जमातले समग्रतालाई नै ओझेल पार्ने भरमग्दुर प्रयास गर्दो रहेछ ।

प्रत्येक पाइलामा ठोक्किने त्यो पलले सम्झाइरहन्छ, अनेकन प्रश्नहरू गरिरहन्छ । यो मौनता कहिलेसम्म ? किन अनुभूति भइरहन्छ हरेक पाइलामा, यी टेक्दै गरेका पाईलाहरूका गन्तव्यहरूका परिणाम कहिले र कसरी र के का लागि ? आजभन्दा यति वर्ष अगाडि म यस्तो थिए, त्यो भनिरहँदा सोच्ने सामथ्र्य राख्दैन, यस वीचमा के कस्ता परिवर्तनहरू भए र भोलिका निश्चित समयको अन्तरालमा यसले कस्तो अवस्थाका सृजना गर्ला ? लागिरह्यो, यो श्रृखलाको अन्त्य कहिले होला ।

आहा कति राम्रो मुस्कान, त्यो मुस्कानको सामिप्यताले नै जीवनभर वाच्ने अवस्थाका सृजना गरिरहयो । अन्तरआत्मामा वसेको त्यो छापले लाग्दछ, मृत्यु पाश्चात पनि त्यो गगनमा मीठो वासना छोडिरहनेछ । कामेको त्यो ओठले केहि नवोले पनि ती नयनहरूले वोलिरहेको थियो । एउटा अद्भूत अवस्थालाई चित्रण गरिरहेको थियो । त्यही नयनले भनिरहेको थियो । भन्थे, अन्तरआत्माको त्यो भाव ओठले हैन, नयनवाट नै प्रतिविम्वित हुने गर्दछ । वाक्य नफुरेको त्यो सन्दर्भमा एक अर्काको आत्मा वोलिरहेको थियो ।

कति शक्तिशाली हुँदो रहेछ, नयनको त्यो प्रतित, जहाँ पुग्न र वोल्न नसकेको शव्दहरूको व्याख्याता त्यो हेराइले बताइरहेको थियो । त्यो गहिराई जुन गहिराइको मापन गर्नका लागि शव्दकोषको हरेक पन्नामा नभेटाईको आध्येताहरू पाउन सकिँदो रहेछ । लाग्दथ्यो कि जीवित प्राणीको शरीर वाहिरीरहेता पनि त्यो नयन भने त्यही अवस्थामा रहनेछ जस्तो । यथार्थतामा त्यो कति सदर, त्यसका सहयोगी अंगहरूले साथ छोडेपनि त्यहि भावना व्यक्त गरिरहे जस्तो ।

व्यक्त गर्ने माध्यामको प्रयोग जसरी भएता पनि निश्चल त्यो हेराई साँच्चै नै गहिरो हुँदो रहेछ, जसको व्याख्यातामा अविरल अक्षरहरू लेखिन सक्दछ, तर पनि त्यसको परिभाषा खिन्न मात्र हुँदो रहेछ । त्यो पर्खाइको त्यो भाव त्यो नयनमा प्रष्ट देखिन्थ्यो । सायद अन्तर आत्मा वुझन चाहनेहरूले मात्र यसको अनुभूति पाउन सक्ला । नयनका केशिकाहरूले पनि त्यहि भाव वोलिरहेको थियो । लाग्दथ्यो, खोजेको वस्तुको अभाव आत्मानुभूतिले जीवनभर रुवाउँदछ । ती नयनहरू वोलिरहेको थियो ।

उसको त्यो नयनले भनिरहेको थियो । मलाई तिम्रो अविरल साथ आवश्यकता छ, के तिमी त्यो पूरा गर्न सक्दछौ ? मुखवाट निस्कने वाक्य भन्दा नयनको त्यो स्पन्दन धेरै गहिरो हुँदो रहेछ, तर सत्य यहि हो मुखको त्यो वाक्यांशले नयनको त्यो स्पन्दनलाई फिका मात्र वनाउँदो रहेछ । वाक्याशं र नजरको त्यो तेजोपनलाई वुझन नसक्ने हामी मुर्ख मात्र रहेछौ । भाव र रसको संगमलाई उचित व्यवस्थान गर्न नसक्नु जीवनको अर्को भुल रहेछ, त्यसका गहिराइमा पुग्न खोज्नु भनेको त्यति सहज नहुँदो रहेछ ।

नजरको त्यो भाव, जुन सुकुमोल र अत्यन्त हृदयस्पर्शी रहेको छ । जीवनका यी पलहरूमा गरिएको सवै व्यवहारहरू त केवल सांसारिक निरन्तरताको एक उपयोग मात्र भएको यथार्थयीय धरातललाई आत्मासाथ गरिनु वाध्यता शिवाय केही हुँदैन । संसार जित्नेहरूका वाटो कसैको पनि सहज नभएको कुरालाई सहज आत्मासात गर्नु नै श्रेयस्कर रहेछ ।

इतिहास रच्नेहरू जीवनको निरन्तरता भन्दा फरकपनमा नै जोड दिने यथार्थ हामी सामु छर्लङ्ग रहेको छ । जीवनको त्यो अर्थलाई आफू अनुकुलमा रच्नु भन्दा यथार्थमा नै जुध्नु सर्वश्रेष्ठ रहेछ । वाटो कठिन भएता पनि त्यहि नै सवैको मार्गदर्शन र मिठासीय हुने कुराले ठूलो महत्व राख्ने रहेछ । हरेक को नजरले वोलिरहेको र चाहिरहेको त्यो यथार्थलाई हामी वुझन नसकी किन सतही व्याख्यामा रमाइरहेका छौ । त्यहि नजरको भावले सोधिरह्यो, तिमी कहाँ छौ ?