११ कार्तिक २०८३, बुधबार

दुर्घटना कम गराउन लाइसेन्स खारेजको कडा कानुन बनाउन डीआईजी अर्यालको प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dig_PRAKASH-aryal (2)काठमाडौं, ३२ साउन । सडक दुर्घटना कम गर्न सवारी चालकको लाइसेन्स खारेजसम्मको कानुन बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख डिआईजी प्रकाश अर्यालले सांसद समक्ष माग गरेका छन् ।

व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिमा सोमबार ट्राफिक व्यवस्थापनसम्बन्धी छलफलमा डिआइजी अर्यालले कानुन फितलो हुँदा चालकको लापरबाहीका कारण नेपालमा ज्यान गुमाउनेको संख्या डरलाग्दो रहेको तथ्यांक पेस गरेका छन् ।

उनले भने, ‘धेरै दुर्घटना सवारी चालकको लापरबाही कारण हुने गरेको अध्यक्षले देखाएको छ ।’

कसुर मापदण्ड बनाएर चालकलाई कारबाही गर्नु पर्नेमा उनले जोड दिएका छन् । नागरिक दैनिकले समाचार छापेको छ ।

‘चालकले गरेको निश्चित नियम उल्लघंनको आधारमा कानुन बनाएर लाइसेन्स खारेज गर्नुपर्छ’, उनले भने ।

तल्ती गरे पनि थोरै सजायमा उम्कने भएकाले सवारी चालक गैरजिम्मेवार बनेकाले सर्वसाधारणले अनाहकमा ज्यान गुमाउनु परेको छ ।

उनले सांसदहरुलाई कडाभन्दा कडा कानुन बनाउन आग्रह गर्दै हरेक वर्ष २ हजारदेखि २ हजार ५ सयसम्मले ज्यान गुमाइरहेको तथ्यांक प्रस्तुत गरे ।