१९ कार्तिक २०८३, बिहिबार

भारतीय स्वतन्त्रता दिवसका अवसरमा झन्डोत्तोलन

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ef/tsf] :jtGqtf lba; g]kfnsf nflu ef/tLo /fhb"t /0fhLt /fon] ef/tsf] &)cf}F :jtGqtf lba;sf ca;/df g]kfnl:yt ef/tLo /fhb"tfjf;df ;f]daf/ cfof]lht ;df/f]xdf emG8f]Qf]ng ub}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ, ३१ साउन । भारतको ७०औँ स्वतन्त्रता दिवसका अवसरमा यहाँस्थित भारतीय राजदूतावासमा आज आयोजित विशेष समारोहमा झन्डोत्तोलन गरियो । नेपालका लागि भारतीय राजदूत रणजीत रायले भारतको राष्ट्रिय झन्डा फहराउँदै भारतीय स्वतन्त्रताका लागि भएको सङ्घर्षको स्मरण गर्नुभयो ।

सो अवसरमा राजदूत रायले स्वतन्त्रता दिवसको अवसरमा भारतीय राष्ट्रपतिको तर्फबाट प्राप्त सन्देश पढेर सुनाउनुभएको थियो ।

भारतीय राष्ट्रपतिको सन्देशमा अफ्रिका तथा एसिया प्रशान्त क्षेत्रमा पारस्परिक समझदारीका साथ त्यस क्षेत्रका मुलुकहरुसँगको ऐतिहासिक सम्बन्धलाई मजबुत बनाउने दिशामा भारतको विदेश नीति केन्द्रित रहेको उल्लेख छ ।

विशेष गरी भारतको निकट छिमेकीसँग साझा मूल्य र पारस्परिक लाभका आधारमा द्विपक्षीय सम्बन्धमा नयाँ आयाम स्थापित गर्ने प्रक्रियामा रहेको सन्देशमा भनिएको छ ।

सो अवसरमा भारत सरकारका तर्फबाट नेपाललाई ४० वटा एम्बुलेन्स र आठवटा बस हस्तान्तरण गरिएको थियो भने पूर्व भारतीय सैनिकका १४ विधवा, आश्रित तथा शारीरिक रुपले अशक्तलाई रु चार करोडको चेक र कम्बल हस्तान्तरण गरिएको थियो ।

दूतावासले नेपालका दुर्गम र विभिन्न स्थानमा रहेका ५९ वटा पुस्तकालय, शैक्षिक तथा तालिम प्रतिष्ठानलाई पुरस्कार पनि बाँडेको छ । सन् १९४७ मा भारत बेलायती उपनिवेशबाट स्वतन्त्र भएको थियो । रासस