११ कार्तिक २०८३, बुधबार

साउदी अरबमा नेपाली कामदारको माग यसकारण घट्न सक्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

workerकाठमाडौं, ३१ साउन । नेपाली कामदारका लागि आकर्षक गन्तव्य मुलुक साउदी अरबले बंगलादेशी कामदारमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।

विगत ६ वर्षदेखि बंगलादेशी कामदार लिन बन्द गरेको साउदीले पुनः बंगलादेशबाट आफ्नो मुलुकमा कामदार लिन लागेको हो ।

विभिन्न देशबाट गएका आप्रवासी कामदार घटाउँदै लैजाने नीतिका बीच बंगलादेशबाट कामदार लिने साउदीको यस नयाँ निर्णयले नेपाली कामदारको माग ह्वात्तै घट्न सक्ने सम्बन्धित व्यवसायीहरुको भनाई छ । राजधानी दैनिकले समाचार छापेको छ ।

उनीहरुका अनुसार बंगलादेशी कामदार पनि नेपाली कामदारभन्दा न्यून पारिश्रमिकमा खाडी जाने गरेका छन् ।

जसकारण साउदी अरेबियाका रोजगारदाता कम्पनी ले बंगलादेशी कामदारलाई प्राथमिकता दिएमा नेपाली कामदारको माग निकै घट्न सक्ने ती व्यवसायीहरुको भनाई छ ।