११ कार्तिक २०८३, बुधबार

वाम गठबन्धन कसरी भत्कियो भनेर एमालेमा खोजी सुरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML Meetingकाठमाडौं, ३१ साउन । एमाले–माओवादी सत्ता गठबन्धन भत्किएको विषयमा एमाले स्थायी समितिमा बहस भएको छ ।

अध्यक्ष केपी ओलीले अनेक प्रयास गर्दा पनि गठबन्धन जोगाउन नसकेको दाबी गरेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

तर, उपाध्यक्ष वामदेव गौतमले वाम गठबन्धनको सरकार जोगाउन नसकेकोमा पार्टी अध्यक्ष ओलीले गल्ती महसुस गर्नुपर्ने बताएका छन् ।

स्थायी समितिको आइतबार बसेको बैठक सुरुवात गर्दै अध्यक्ष ओलीले चुनावी तयारीमा आलटाल गर्दै मुलुकमा संवैधानिक र राजनीतिक रिक्तता खडा गर्ने षड्यन्त्र भइरहेको बताएका थिए ।

उनले अब खबरदारीका लागि पार्टी एकढिक्काका साथ अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

उनले माओवादी केन्द्रका कारण गठबन्धन टुटेको पनि बताएका थिए ।

तर ओलीको भनाइ प्रतिवाद गर्दै उपाध्यक्ष गौतमले समीकरण जोगाउन आफूसहितका शीर्ष नेताहरूलाई कुनै भूमिका नदिएर ओलीले गल्ती गरेको आरोप लगाएका थिए ।

दबाब अभियानको योजनामा एमाले

एमालेले पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकपछि चुनावका लागि देशभर दबाब अभियान सञ्चालन गर्ने भएको छ ।

केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीका अनुसार संवैधानिक र राजनीतिक रिक्तताका लागि भइरहेको चलखेल भन्डाफोर गर्दै चुनावी तयारीका लागि दबाब दिन केन्द्रीय कमिटी बैठकपछि देशभर अभियान सुरु हुनेछ । यसबारे स्थायी समितिमा समेत छलफल हुने ज्ञवालीले जानकारी दिए ।