११ कार्तिक २०८३, बुधबार

कारबाहीमा परेका चिकित्सकले बिरामी जाँच्न नपाउने

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nakkali Doctorकाठमाडौं, ३१ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहयोगीलाई स्वास्थ्य सचिव सेनेन्द्र उप्रेतीलाई फोन लगाउन भने । निर्देशन लगत्तै सहयोगीले उप्रेतीसँग प्रचण्डको फोन सम्पर्क गराए ।

‘नक्कली डाक्टर काममा फर्किएको भन्ने सूचना के हो ? प्रधानमन्त्रीको जिज्ञासामा उप्रेतीले आफूलाई केही चिकित्सक काममा फर्किएको भन्ने सूचना आएको बताए र नेपाल मेडिकल काउन्सिलबाट निलम्बन हुनुको कारण देखाए । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

लगत्तै प्रचण्डले फोनबाटै निर्देशन दिए, ‘उनीहरुलाई काम गर्न नदिनु, तत्काल काउन्सिलको बैठक राखेर निलम्बन गर्नु ।’

आइतबार १० बजेर ४० मिनेटमा प्रधानमन्त्रीको ट्वीटर ह्यान्डल पीएम नेपालबाट छानबिनमा रहेका डाक्टरले बिरामी जाँच गरिरहेकोमा उनीहरुलाई तत्काल बिरामी जाँच्नबाट रोक्न निर्देशन दिइएको सार्वजनिक भयो ।

प्रधानमन्त्रीको निर्देशनबारे सचिवले दिनभर मन्त्रालयमा छलफल गरे र बेलुका ५ बजेतिर ३ वटा निर्णय गरे ।

प्रधानमन्त्रीले प्रहरीको केन्द्रीय अनुसन्धानमा नक्कली प्रमाणपत्र देखिएका र अदालतमा मुद्दा दायर भएका सबै चिकित्सकलार्इ आवश्यक कारबाही गर्न मेडिकल काउन्सिललार्इ लिखित निर्देशन दिएका छन् ।