११ कार्तिक २०८३, बुधबार

केपी ओलीलाई हटाएर प्रधानमन्त्री बनेदेखि प्रचण्ड बिबादै बिबादमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachand-Maoist-Center-660x330काठमाडौं, ३१ साउन । नेकपा माओवादी केन्द्रभित्र सरकारमा सहभागी हुने मन्त्री छनोटसँगै विवाद चर्किएको छ ।

आठ जना मन्त्री बनाउँदा पनि एकजना महिला मन्त्री नबनाएको भन्दै विवाद पार्टीभित्र चुलिएको हो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

मन्त्री छनोट प्रक्रियामा महिलालाई मन्त्री बनाएको भन्दै एकता प्रक्रियाबाट आएका नेताहरुले पनि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्ट बनेका छन् ।

पार्टीका समानुपातिक र समावेशीको आधारमा मन्त्रीहरुको छनोट गर्ने भनिए पनि अन्तिम समयामा आएर महिलालाई मन्त्री नबनाउने निर्णयले माओवादीभित्र नयाँ विवाद सुरु भएको एक नेताले बताए ।

पार्टीले महिलालाई मन्त्री नबनाएर पार्टीले अगाडि सार्दै आएको समानुपातिक र समावेशिताको खिल्ली उडाएको भन्दै पार्टीमा सहभागी २८ जना महिला सांसदहरुले छुट्टै भेला गरेका छन् ।

मन्त्री छनोटसँग असहमति जनाउँदै महिला सांसदहरुले प्रधानमन्त्री प्रचण्डसँग भेट्न चाहे पनि कार्यव्यस्तता भन्दै प्रचण्डले भेट नदिएको सांसद निशाकुमारी साहले बताइन् ।