३१ आश्विन २०८३, शनिबार

नेपालले नेदरल्यान्डसँग दोस्रो खेल खेल्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cricket

काठमाडौँ, ३० साउन । विश्व क्रिकेट लिग च्याम्पियनसिप लिगअन्तर्गत चौथो चरणको दास्रो खेलमा नेपालले घरेलु टोली नेदरल्यान्डसँग सोमबार खेल्नेछ ।

नेदरल्यान्डको आमस्ट्रडममा हुने सो प्रतियोगितामा नेपालले विजय लक्ष्यका साथ भोलि नेदरल्यान्डको सामना गर्ने भएको छ । शनिबार भएको पहिलो खेलमा भने नेपाल नेदरल्यान्डसँग सात विकेटको विशाल अन्तरले पराजित भएको थियो ।

त्यसअघि नेपाल र नेदरल्यान्ड दुईपटक आमने–सामने भएका छन् । जसको नतिजा दुवैका पक्षमा समान एक/एक छ ।

सन् २०१४ मा न्यूजील्यान्डमा भएको एक दिवसीय क्रिकेट प्रतियोगितामा नेदरल्यान्डले नेपाललाई सात विकेटले पराजित गरेको थियो भने गत वर्ष भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुमा नेपालले नेदरल्यान्ड माथि दुई विकेटको जित निकालेको थियो ।

जारी लिगमा १२ अङ्क जोडेको नेदरल्यान्डस शीर्ष स्थानमा छ । त्यस्तै चार अङ्क जोडेको नेपाल भने लिगको छैटौं स्थानमा छ । नेपाललाई विश्वकप खेल्ने आशा कायमै राख्न पनि भोलिको खेल जित्नैपर्ने दबाब छ ।

जारी लिग च्याम्पियनसिपमा रहेका आठ टोलीमध्ये चार शीर्ष टोलीले बङ्गलादेशमा सन् २०१८ मा हुने आइसिसी विश्वकप छनोट खेल्ने अवसर पाउनेछन् । जो विश्वकप खेल्ने अन्तिम खुट्किलो हो । यदि नेपाल शीर्ष चारमा रहन सकेन भने विश्व क्रिकेट लिग डिभिजन–२ मा घटुवा हुनेछ । रासस