१९ कार्तिक २०८३, बिहिबार

राजधानीको गेष्ट हाउसमा एक जोडीले झुण्डिएर आत्महत्या गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० साउन । राजधानीमा एक जोडीले गेष्ट हाउसमै आत्महत्या गरेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ महानगरपालिका–९ तिलगंगा स्थित ओखलढुंगा गेष्ट हाउसको कोठा नम्वर ४ भित्र नुवाकोट बटार–३ घर भएका ६० बर्षीय हेमराज श्रेष्ठ शौचालयको ढोकाको फ्रेममा नाईलनको डोरीको पासो लगाई झुण्डिएर मृत्यु भएको अवस्थामा र कोठाको बेडमा नाम, थर, वतन खुल्न नसकेकी अन्दाजी ५५ बर्षीया महिला मृत अवस्थामा फेला परेकी छन् ।

उनीहरुले साउन २५ गतेबाट उक्त गेष्ट हाउसमा बस्दै आएको बताइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।