१९ कार्तिक २०८३, बिहिबार

माओवादी केन्द्रमा नवलपरासीबाट मात्रै १७ जना केन्द्रीय सदस्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachand-Maoist-Center

– मोहन पौडेल

नवलपरासी, ३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रमा नवलरासीको परासी क्षेत्रबाट १७ जना केन्द्रीय सदस्यमा मनोनित भएका छन । पछिल्लो निर्णय अनुसार माओवादी केन्द्रको केन्द्रीय समिति २१ सय पुर्याईएको छ ।

नवलपरासीको प्रदेश नम्बर पाँच अन्तरगत परासी क्षेत्रबाट घनश्याम यादव, राजु हरिजन, भविश्वर तिवारी आजाद, सुर्य न्यौपाने, केयरहिंङ कुवर, अकविर विक, बम कुमारी विक, सिता बौडल, सेकविर पुन, धुव्र खनाल, डोलराज भण्डारी, आनन्द भुसाल, लोकप्रसाद श्रेष्ठ, रामधनी केवट, अशोक ज्ञवाली, रामानन्द यादव, गोपि ज्ञवाली माओवादी केन्द्रको केन्द्रीय सदस्यमा मनोनित हुनुभएको हो ।

माओवादी केन्द्रले परासी क्षेत्रबाट घनश्याम यादव र राजु हरिजनलाई पोलिटव्युरो सदस्य बनाएको छ । यसैगरी परासी क्षेत्रको ईन्चार्जमा घनश्याम यादव र जिल्ला संयोजकमा राजु हरिजनलाई जिम्मेवारी दिएको नेकपा माओवादी केन्द्रका सहसयोजक भविश्वर तिवारी आजादल जानकारी दिनुभयो ।