२८ आश्विन २०८३, बुधबार

इन्सेफ्लाइटिसबाट छ जनाको मृत्यु, छ जना बिरामी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

musquito-da-dengueविराटनगर, ७ भदौ । मोरङ जिल्लाको उत्तर–पूर्व गाविसमा देखापरेको इन्सेफ्लाइटिस रोगबाट अहिलेसम्म छ जनाको मृत्यु भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका भेक्टर केन्ट्रोल निरीक्षक मोहम्मद वासिलले दिएको जानकारीअनुसार यसरी मृत्यु हुनेमा मोरङको पथरी–१ की २२ वर्षीया फडफरा लिम्बू, पथरी–९ का २८ वर्षीय गणेश मगर, लेटाङ–२ की छ वर्षीया सीमा मगर, लेटाङ–१ की ११ वर्षीया वालव विक, लेटाङ–९ का सात वर्षीय वुद्धराज लिम्बू र लेटाङ–३ की ७४ वर्षीय देवकुमार घिमिरे रहेका छन् ।

यस्तै सो रोगवाट ग्रसित भएकाहरुमा पथरी–१ का ३२ वर्षीय दीपक खड्का, लेटाङ–२ का आठ वर्षीय आरएन राई र लेटाङ–६ का रक्षा दर्नाल रहेका छन् भने अन्य तीनजनाको भारतको सिलिगुडीमा उपचार भइहेको छ ।

आफ्नो घर वरिपरि सफा राख्ने, खुल्ला रुपमा हाँस, सुँगुर नछोड्ने तथा बेलुकी सुत्दा सदैब झुल टाङ्ने गरेमा यो रोगबाट बच्न सकिन्छ ।

जनस्वास्थ्य कार्यालयले मोरङको उत्तरी पूर्व गाविसमा यो रोग नियन्त्रणका लागि ‘ट्रेक्रोज’ नामक विषदी औषधि छर्कनुका साथै विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

इन्सेफ्लाइटिस रोग लागेर निको भए पनि अपाङ्ग हुने सम्भावना धेरै रहने निरीक्षक वासिलले बताए ।

विराटनगर उपमहानगर क्षेत्रमा खुल्ला सुँगुर छोडेका कारण यो रोग लाग्ने सम्भावना रहेको छ । उपमहानगरपालिकाले यो रोग लाग्न नदिनका लागि विषादी छर्कने कार्यक्रम सार्वजनिक गरेको छ ।