भैरहवा, साउन । सामाजिक कार्यमा क्रियाशिल तराई मानव अधिकार रक्षक संजाल(थर्ड एलायन्स) ले नवलपरासीका बाढी पीडितलाई राहत वितरण गरेको छ ।
थर्ड एलायन्सको क्षेत्रीय कार्यालय भैरहवाद्वारा संकलन गरिएको राहत सामाग्री शनिबार नवलपरासी सनई गाविसका अति प्रभावित २० घर परिवारलाई वितरण गरिएको हो ।
उक्त राहत प्रहरी चौकी सनई र गाविस कार्यालय सनईको समन्वयमा सनई गाविस कार्यालयको प्रांगणमा वितरण गरिएको थर्ड एलायन्सका क्षेत्रीय संयोजक शैलेन्द्र अम्बेडकरले जनाएका छन् ।
राहतमा प्रत्येक परिवारलाई चामल १५ किलो, मटर २ किलो, भुजा १ किलो, नुन १ किलो, सरफ १ किलो, खाने तेल १ किलो, चाउ चाउ ६ प्याकेट र कपडा (पाइन्ट, शर्ट, सारी, सुट) बच्चाहरुको कपडा वितरण गरिएको हो ।
लक्ष्मी गुप्ताको संचालनमा भएको राहत वितरण कार्यक्रमको अध्यक्षता थर्ड एलायन्सका क्षेत्रीय संयोजक शैलेन्द्र अम्बेडकरले गरेका थिए भने प्रहरी चौकी सनई इन्चार्ज धनेश्याम रिमाल र कोशिश टिम भैरहवाका सुभाष गुप्ताको अतिथ्यतामा सम्पन्न भएको थियो ।
राहत समाग्री खरिदका लागि कुनै संघसंस्था, देश विदेशको सहयोग नभई केही व्यवसायी तथा सर्वसाधारणहरुबाट संकलन गरिएको अम्बेडकरले जनाएका छन् ।
रबिन्द्र प्रताप गुप्ताबाट













प्रतिक्रिया