३ कार्तिक २०८३, मंगलबार

क्षतिग्रस्त ४५ मेघावाटको भोटेकोसी आयोजना बन्न अढाइ वर्ष लाग्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Votekoshi-Hydro-445x300चौतारा, ३० साउन । भूकम्प र बाढीले क्षतिग्रस्त सिन्धुपाल्चोकको माथिल्लो भोटेकोसी जलविद्युत् आयोजनालाई पूर्ण रुपमा सञ्चालनमा ल्याउन अढाइ वर्ष लाग्ने भएको छ ।

गत वर्षको भूकम्प र परकम्पले क्षतिग्रस्त भई बन्द भएको आयोजनालाई आगामी भदौ–असोजमा सञ्चालनमा ल्याउने तयारी भइरहेकामा गत असार २१ गतेको बाढीले थप क्षति पुर्याई तहसनहस भएपछि अबको साढे दुई वर्षपछि मात्र सञ्चालनमा आउन सक्ने प्रमुख कार्यकारी अधिकृत नरेन्द्र प्रजापतिले बताउनुभयो ।

पैँतालिस मेगावाटको उक्त आयोजनाको तातोपानी गाविसस्थित १० किलोमा रहेको बाँध पूरै क्षतिग्रस्त भएको छ । बाँधमा राखिएका आठ आठ मिटरका दुई ढोका समेत बाढीले पुरिएको छ । कङ्क्रिट ढलानको बाँधको सडकपट्टिको कमजोर भुभागबाट बाढीले खोलेपछि हाल सोही ठाउँबाट नदी बहेको छ । फुलपिङ्कट्टी गाविसस्थित विद्युत्गृह पानीले डुबाएको थियो । अहिले पानी निकालिए पनि के कति क्षति भयो भन्ने यकिन समेत गर्न नसकिएको आयोजनाले जनाएको छ । “हाल नदीमा पानीको बहाव घटेको छैन,” प्रजापतिले भन्नुभयो, “अहिले क्षतिको यकिन विवरण भन्नै सकिँदैन, विद्युत् उत्पादन गर्न कम्तीमा पनि साढे दुई वर्ष लाग्छ ।”

नदीमा पानीको बहाब घटेपछि मङ्सिर पुसमा मात्र इन्जिनियरको टोली निरीक्षण गर्न जाने हुँदा त्यसपछि मात्र यथार्थ विवरण आउने प्रजापतिले बताउनुभयो । भूकम्प र बाढीले माथिल्लो भोटेकोसी जलविद्युत् आयोजना मात्र नभई तातोपानी गाविसस्थित ३.१ मेगावाटको भैरवकुण्ड जलविद्युत् आयोजना पनि हाल बन्द छ । रासस