३१ आश्विन २०८३, शनिबार

भलिबलको उपाधी इलाका नं. ३ लाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

4काठमाडौं, ३० साउन । काठमाडौं इलाका नं. ३ ले इलाकास्तरीय मैत्रीपूर्ण पुरुष भलिबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा इलाका नं. ३ ले इलाका नं. ९ लाई १७–२५, २५–२३, २५–२१ र २५–२२ ले पराजित गर्दै उपाधिसंगै २५ हजार नगद पुरस्कार हात पा-यो । दोश्रो भएको इलाका नं. ९ ले १५ हजार नगद पुरस्कार पायो ।

नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित प्रतियोगितामा इलाका नं. ५ ले तेश्रो स्थानमा चित्त बुझायो । इलाका नं. ५ ले इलाका नं. १ लाई २५–२३, २५–१६ र २५–१७ ले हरायो । इलाका नं. ५ ले १० हजार नगद पुरस्कार प्राप्त ग-यो ।

उपाधि विजेता इलाका नं. ३ का विजय बस्नेत उत्कृष्ट खेलाडी घोषित भए । उनले त्यसवापत २ हजार नगद पुरस्कार पाए ।

विजेतालाई नेकपा एमालेका केन्द्रीय सदस्य एवं सांसद् पार्वत गुरुङ, नेकपा एमालेकी केन्द्रीय सदस्य रचना खड्कालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको कार्यक्रम संयोजक उमेश केसीले जनाएका छन् ।