१९ कार्तिक २०८३, बिहिबार

दाङ जाँदै गरेको बस कपिलबस्तुमा दुर्घटना

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

कपिलवस्तु, ३० साउन । कपिलवस्तु जिल्लाको सोरबरवामा दाङतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

शनिबार साँझ साढे ६ बजे पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कपिलबस्तुको भृकुटी नगरपालिका– ३ सोरबरवामा नारायणगढबाट दाङ्गतर्फ जाँदै गरेको ना ५ ख ४०१६ नम्बरको बसको पट्टा भाँच्चिएर अनियन्त्रित भई सडकमा पल्टिँदा ५ जना यात्रु घाइते भएका हुन् ।

घाइते हुनेमा बसमा सवार लक्ष्मण तिमिल्सेना, रुकुमका तुलसीराम योगी, दाङका हरिबंश आर.सी.,कपिलबस्तुकी कृष्णकुमारी पौडेल र प्रहती रेश्मी रहेका छन् ।

घाइतेमध्ये लक्ष्मण तिमिल्सेनाको अबस्था गम्भीर रहेको छ । उनलाई थप उपचार बुटवलमा भइरहेको छ ।

अन्य घाइतेको स्थानीय अस्पतालमै उपचार भइरहेको छ । दुर्घटना पश्चात चालक फरार रहेका छन् । उनको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय गोरुसिंगे कपिलबस्तुले जनाएको छ ।