१९ कार्तिक २०८३, बिहिबार

उप्रधानमन्त्री निधि र भारतीय राजदूत रायबीच भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bimalendra-Nidhi-ranjit rayकाठमाडौँ, २९ साउन । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि भारतीय राजदूत रणजित रायबीच आज भेटवार्ता भएको छ ।

उपप्रधानमन्त्रीको सरकारी निवास पुल्चोकमा भएको भेटवार्ता निधिको आसन्न भारत भ्रमणमा केन्द्रित रहेको उहाँका स्वकीय सचिव विश्वास विक्रमले जानकारी दिनुभयो ।

भ्रमणका क्रममा हुने भेटवार्ता र कार्यसूचीका विषयमा भेटमा छलफल भएको थियो ।

सरकारले गत बिहीबार प्रधानमन्त्रीको विशेष दूतका रुपमा उपप्रधानमन्त्री निधिलाई भारत र उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन पठाउने निर्णय गरेको थियो । रासस