भैरहवा, २९ साउन । नेपाल बुद्धिजीवि परिषद् रुपन्देही क्षेत्र नम्बर २ को अध्यक्षमा इन्द्रबहादुर थापा निर्विरोध चयन भएका छन् ।
परिषदको शनिबार रुपन्देही सदरमुकाम भैरहवामा सम्पन्न दोस्रो अधिवेसनले थापालाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक थापा यस अघि पनि अध्यक्ष थिए ।
परिषदको उपाध्यक्षमा गम्भिर गुरुंग, सचिवमा लक्ष्मण ज्ञवाली, सहसचिवमा गोकुल पोखरेल र कोषाध्यक्षमा शोभा काफ्ले चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा शालिकराम भण्डारी, हृदय लेकाली, बलराम भण्डारी र हरिप्रसाद हरिजन चयन भएको अधिवेसन आयोजक कमिटी सदस्य श्रीबहादुर रायमाझीले जानकारी दिए ।













प्रतिक्रिया