
– नरेश केसी
बुटवल, २९ साउन । कुनैबेला अखिलको राजनीति गर्दा नेपाली विद्यार्थीहरुको मुख्य नेताको रुपमा स्थापीत योगेश भट्टराई एमाले भित्रका दरिला खम्बा हुन् । अखिलको राजनीतिबाट नेपाली राजनीतिमा जमेका भट्टराई प्रखर वक्ता पनि हुन् । विद्यार्थी राजनीतिमा निकै चर्चामा आउने भट्टराई अहिले एमालेका सचिव समेत छन् ।
सधैं विद्यार्थीमाझ लोकप्रिय भट्टराई शनिबार युवासंघ रुपन्देहीद्धारा विश्व युवादिवसको अवसरमा आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न एका विहानै जब बुटवल ओर्लिए तब उनलाई पनि आश्चर्य लाग्दो भो युवाहरु अझै राजनितीमा कति चासो राख्दछन् भन्ने ।

राजनिती वेथीतिको कारण युवाहरु राजनितीप्रति चासो राख्दैनन भन्ने भ्रमलाई चिर्दै ४ सय भन्दा बढी युवाहरु शालिन र शान्तीपुर्वक बुटवलमा योगेशको प्रशिक्षण मूलक भाषण सुनिरहे । युवाहरुको शानदार उपस्थिती देखेर भट्टराइले भने “यो देश बनाउने तपाई हामी नयां पुस्ताले हो । राजनितीमा निरन्तर इमान्दारीताका साथ लाग्नुस् । ”
सोही अवसरमा युवा संघका केन्द्रिय उपाध्यक्ष राजु गुरुंगले शान्ति र समृद्धिकालागी युवाहरुको एकता आवश्यक भएको जनाए । संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको सभापतित्व, सहसचिव कृष्ण थापाको सन्चालन एवं कोषाध्यक्ष किरन नेपालको स्वागतमा सम्पन्न उक्त कार्यक्रममा एमाले केन्द्रिय सदस्यहरु लिला गिरी र खिमलाल भट्टराई, रुपन्देही अध्यक्ष भोजप्रसाद श्रेष्ठ लगायतले समसामयीक राजनितीक अवस्था र युवाहरुको भूमिकाको बारेमा प्रकाश पारेका थिए ।
युवासंघ रुपन्देहीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा जिल्लाभरीका युवासंघ आवद्ध करिब ४ सय युवाहरुको सहभागीता रहेको युवा संघ केन्द्रिय सदस्य सरिता श्रीसले जानकारी दिइन् ।














प्रतिक्रिया