१९ कार्तिक २०८३, बिहिबार

ओभरटेक गर्न खोज्दा कपिलवस्तु गम्भीर दुर्घटना, १८ जना घाइते

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, २९ साउन । कपिलवस्तु जिल्लाको इमलियामा यात्र बाहक बस अनियन्त्रित भइ दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये केही यात्रुको अवस्था गम्भीर छ ।

शनिबार बिहान पौने ९ बजे कपिलवस्तुको भृकुटी नगरपालिका– ५ स्थित इमलियामा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख १२८९ नम्बरको यात्रु बाहक बस ओभरटेक गर्ने क्रममा आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बसमा सवार १८ जना यात्रु घाइते भएका हुन् ।

घाइते सबैलाई उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएको छ । दुर्घटना पश्चात चालक फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय गोरुसिंगे कपिलवस्तुले जनाएको छ ।