काठमाडौं, २९ साउन । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुरु भएको छ ।
नेदरल्यान्ड्सको घरेलु मैदानमा टस हारेर ब्यटिङ गरिरहेको नेपालले यो समाचार तयार पार्दासम्म तीन विकेट गुमाएको छ ।
नेपालका कप्तान पारस खड्काले खाता नै खोल्न सकेनन् । ज्ञानेन्द्र मल्ले १२ बलमा ११ रन बनाए । अनिल मण्डल ३९ रनमा २० रन बनाई आउट भए ।
अहिले शरद भेष्वाकर र सागर पुनले खेलिरहेका छन् । हालसम्म नेपालले नेदरल्याण्डको कसिलो बलिङमाझ १८ ओभरमा ४५ रन बनाएको छ ।
















प्रतिक्रिया