२८ आश्विन २०८३, बुधबार

इबोला भित्रिन नदिन सप्तरीमा विशेष सतर्कता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ebola
सप्तरी, ७ भदौ । इबोला भाइरस भारतको दिल्लीमा समेत देखिएको हल्ला चलेपछि सप्तरीमा विशेष सतर्कता अपनाइएको छ ।

नेपाल र भारतबीचको खुल्ला सिमानाका कारण सप्तरीमा समेत इबोला भाइरस सङ्क्रमित भित्रिन सक्ने भन्दै विशेष सतर्कता अपनाइएको हो ।

भारतसँग जोडिएको कुनौली बजार ओहोर–दोहोर गर्ने मानिसबाट सङ्क्रमण सर्न सक्ने खतरालाई दृष्टिगत गरी सीमा नाकामा प्रहरीले निगरानी बढाएको छ भने स्वास्थ्यकर्मीहरुलाई समेत तयारी अवस्थामा राखिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख विजय झाले जानकारी दिए ।

इबोलाबाट जोगिन जनचेतनामूलक कार्यक्रमहरु अघि बढाइसकेको जानकारी दिँदै प्रमुख झाले कुनौली नाका भएर जाने मानिसको आवतजावत अत्यधिक हुने भएकाले उक्त स्थानमा सचेतनाका लागि बालपेन्टिङ तथा ब्यानर झुन्ड्याइने बताए ।

इबोला भाइरस भित्रिने जोखिम बढेका कारण सीमा नाकामा खटिएका प्रहरीलाई समेत निगरानी बढाउन निर्देशन दिइसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार ढकालले जानकारी दिए ।